कैलालीमा एक साता लम्ब्याइयो निषेधाज्ञा « Khabarhub

कैलालीमा एक साता लम्ब्याइयो निषेधाज्ञा


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– नयाँ भेरियन्ट सहितको कोभिड–१९ को सङक्रमण तीव्ररुपमा बढेपछि कैलालीमा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र कैलालीले जेठ ६ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । यस अघि यही वैशाख १६ देखि २२ गतेसम्म र २३ गते देखि वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो ।

अत्यावश्यक बाहेक अन्य सार्वजनिक सेवा हाललाई पूर्ण रुपमा स्थगन गरी अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय बाहेक अन्य कार्यालयले बढीमा २५ प्रतिशत कर्मचारी तथा सवारी साधन प्रयोग गरी कार्यालयको आन्तरिक व्यवस्थापन गर्नुपर्नेछ ।

जिल्लामा बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गरिने भएको छ । स्वास्थ्य सेवा, डेरी, तथा पेट्रोलियम पदार्थ सम्बन्धी पसल÷व्यवसाय बाहेक अन्य पसल÷व्यवसाय सञ्चालन गर्न पाइने छैन ।

त्यस्तै तरकारी, फलफुल, तथा खाद्यवस्तुका पसल मङ्गलबार, बिहीबार र शनिबार बिहान ९ बजेसम्म जनस्वास्थ्य तथा सुरक्षाका मापदण्डको पूर्ण पालना गर्ने गरी सञ्चालन गर्न पाइने छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : ३० बजे

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली

‘गौँथली’को व्यापार २५ करोड, ‘हली’ र ‘लज्जावती’को विजोग

काठमाडौं – फिल्म ‘गौँथली’ले ब्ल्कबस्टर व्यापार गर्दा अन्य दुई फिल्म

आरुघाट अस्पताल स्तरोन्नति गर्न ६ पालिकाको सहमति

गोरखा– गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत अस्पतालको