आयुर्वेद चिकित्सकमाथि हातपात गर्ने पक्राउ | Khabarhub Khabarhub

आयुर्वेद चिकित्सकमाथि हातपात गर्ने पक्राउ


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालको ढोका नजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले बिहीबार साँझ कालागाउँबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका तिनै जना नाबालक हुन् ।

प्रदेश आयुर्वेद अस्पतालबाट घर फर्किने क्रममा अस्पतालका प्रमुख डा शङ्कर रिजाल, डा यादव उपाध्याय र वैद्य लोकप्रसाद रेग्मीमाथि सामूहिक हातपात भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद घर्तीले मदिरा सेवन गरी हातपात गरेको खुल्न आएको र विस्तृत अनुसन्धानपछि थप वास्तविकता पत्ता लाग्ने बताए ।

आयुर्वेद अस्पताल प्रमुख डा रिजालले घटनाको अनुसन्धान गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्न कार्यालयको तर्फबाट प्रहरीसमक्ष लिखित निवेदन दिएका छन् ।

“घटनामा अरु कुनैको संलग्नता छ कि नाबालकको यो समूह मात्रै हो भन्ने बुझ्न बाँकी छ”, जिल्ला प्रहरी प्रवक्ता घर्तीले भने ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ११ : २६ बजे

दशैँ सुरु भएसँगै काठमाडौं छाड्नेको भीड (तस्बिरहरू) 

काठमाडौं– हिन्दूहरूको महान पर्व बडादशैँ आजदेखि सुरु भएको छ ।

प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने ६ जना गहनासहित पक्राउ

काठमाडौं – प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने पाँच

पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी– मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

घटस्थापना: दशैँको सुरुवात, के छ विधि ?

काठमाडौं – नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दशैँ

मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन

काठमाडौं – गएरातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकको यातायात सोमबार बिहान