मलेसियाको हवाई क्षेत्रमा चिनियाँ घुसपैठ भएको भन्दै चिनियाँ राजदूतसँग स्पष्टीकरण मागिँदै « Khabarhub

मलेसियाको हवाई क्षेत्रमा चिनियाँ घुसपैठ भएको भन्दै चिनियाँ राजदूतसँग स्पष्टीकरण मागिँदै


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलेसियाको विदेश मन्त्रालयले १६ वटा विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्नुको कारणसति चिनियाँ दूतावासलाई स्पष्टिकरण माग गरिने बताएका छन् । दक्षिण पूर्व एशियाली सेनाले दक्षिण चीनमा क्षेत्रमा “संदिग्ध” गतिविधि भएको बताएपछि मलेसियाको विदेश मन्त्रालयले चिनियाँ राजदूतलाई बोलाएर स्पष्टीकरण माग गर्ने बताएका हुन् ।

मलेसियाको वायुसेनाले सोमबार जेट विमानहरू उडेको र दृश्य पुष्टीकरण गर्न मलेशियन बोर्नियोको सारावक राज्यबाट करिब ६० समुद्री माइलसम्म यात्रा गरेको जनाएको छ । यसले घटनालाई राष्ट्रिय सार्वभौमिकता र उडान सुरक्षाको लागि गम्भीर खतरा उत्पन्न भएको जनाइएको छ ।

चिनियाँ विमानहरूले धेरै पटक निर्देशन दिए पनि क्षेत्रिय हवाई यातायात नियन्त्रणमा सम्पर्क नभएको वायु सेनाले जनाएको छ ।

मलेसियाका विदेश मन्त्री हिशम्मूद्दीन हुसेनले मलेसियाले कूटनीतिक विरोधको नोट जारी गर्ने र मलेसियाका लागि चीनका राजदूतलाई मलेसियाको हवाई क्षेत्र र सार्वभौमिकताको उल्लंघन भएकोबारे स्पष्टीकरण माग गरिने जनाइएको हो ।

मलेसियाको अडान स्पष्ट भएको उल्लेख गर्दै विदेश मन्त्रालयले कुनै पनि देशहरूसँग मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध हुनुको मतलब, आफ्नो राष्ट्रिय सुरक्षामा सम्झौता गरिन्छ भन्ने बुझाई भएको विदेशमन्त्री हिशम्मुद्दीनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चीनको दूतावासले यसअघि विमानहरूले नियमित उडान प्रशिक्षण गरेको र अन्य देशहरूको एयरस्पेस उल्लंघन नगरी अन्तर्राष्ट्रिय कानूनको कडाईका साथ पालना गरेको जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ३ : २० बजे

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौँ– भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा

मैनालीलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले सहसचिव पद्मकुमार मैनालीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित