२ हजार रुपैयाँ जरिवाना तिरेर छुटे गणेश लामा « Khabarhub

२ हजार रुपैयाँ जरिवाना तिरेर छुटे गणेश लामा


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीका कारण जारी निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ परेका गणेश लामा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई २ हजार रुपैयाँ जरिवाना लिएर लिएर छाडेको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले भने, ‘लामाले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले विहीबार पक्राउ गरी आज जिल्ला प्रशान कार्यालयमा उपस्थित गराएको थियो, हामीले सामान्य जरिवाना (२ हजार रुपैयाँ) मा छाडेका छौँ ।’

उनलाई कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अनुसार सामान्य कारबाही गरिएको हो । प्रहरीले उनलाई बिहीबार लेकसाइडको एक होटलबाट पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिइरहेका बेला लामा दीपक मनाङेलाई भेट्न पोखरा पुगेका थिए ।

नेपाली कांग्रेसले भने बिना कारण लामालाई प्रक्राउ गरिएको र सुनियोजित रुपमा फसाउन खोजिएको भन्दै विरोध जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ५ : ०५ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै