संविधान र व्यवस्था असफल पार्ने षड्यन्त्र भइरहेको छ : बाबुराम भट्टराई « Khabarhub

संविधान र व्यवस्था असफल पार्ने षड्यन्त्र भइरहेको छ : बाबुराम भट्टराई


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको संविधान र परिवर्तन मन नपराउने देशभित्रका र बाहिरका शक्तिहरुले चलखेल गरिरहेको आरोप लगाएका छन् ।

शुक्रबार सभामुख अग्नि सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकपछि राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद अध्यक्षसमेत रहेका भट्टराईले देशको संविधान र व्यवस्था असफल पार्ने षड्यन्त्र भइरहेको संकेत गरेका हुन् ।

‘यो सरकारले चुनाव घोषणा गरेको छ । ६ महिनामा चुनाव गर्ने कुनै लक्षण छैन । चुनाव घोषणा गरेको सरकारले पटक–पटक मन्त्रिपरिषद पुनर्गठन गर्ने, अध्यादेश जारी गर्नेजस्ता असंवैधानिक काम गरिरहेको छ ।’ उनले भने, ‘चुनाव नभएपछि संविधान फेल हुन्छ । संविधान नभएपछि जुन भ्याकुम पैदा हुन्छ । अनि त्यसमा खेलेर अन्ततः व्यवस्था असफल भयो भन्ने ग्राण्ड डिजाइन हो ।’

उनले सर्वोच्चले संसद पुनः स्थापना गरिदियो भने सबै भन्दा उपयुक्त निकास हुने बताए । भट्टराईले भने, ‘यदि प्रतिगामी शक्तिले षड्यन्त्र गरेर संसद पुनःस्थापना भएन भने जनता सर्तक हुनुपर्छ ।’

सभामुखले दलहरुसँग गरेको छलफलको पहल सही भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ५ : ५३ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको