२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ५९८ जनाको पीसीआर परीक्षणबाट २ हजार ७०९ र ५ हजार ५८४ एन्टिजेन परीक्षणमा १ हजार ४१ जना गरी ३ हजार ७५० जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार २२५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३ , उदयपुरमा ७, ओखलढुंगा १, खोटाङ २,  झापामा ३५, ताप्लेजुङमा ४,  तेह्रथुममा ७, धनकुटामा ९, भोजपुरमा २, मोरङमा १५१, संखुवासभामा १०, सोलुखुम्बु ३ र सुनसरी ८४ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ४२, पर्सामा ५,  बारामा ७, महोत्तरीमा ७, रौतहटमा ५, सप्तरीमा १९, सर्लाहीमा ६ र सिरहामा १५ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ९२१ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ५०, चितवनमा ८३, दोलखामा १८, धादिङमा २२, नुवाकोटमा ११७, भक्तपुरमा ५६, मकवानपुरमा ४९, रसुवा ५, रामेछापमा ९, ललितपुरमा १६३, सिन्धुपाल्चोकमा ३५ र सिन्धुली २० जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ११७, गोरखामा ९, तनहुँमा २८, नवलपरासी पूर्वमा ५४, पर्वत १८, म्याग्दी ९,  लमजुङमा १५, बागलुङमा ३ र स्याङजामा ६ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ७, कपिलवस्तुमा २०, गुल्मीमा १७, दाङमा ३३, नवलपरासीमा १३, पाल्पामा १७, प्यूठानमा २, बर्दियाका १५, बाँकेमा ८, रुपन्देहीमा ५३ र रोल्पामा ८ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा २, जुम्ला ३२, डोल्पा १, दैलेखमा २३, रुकुम पश्चिममा २, मुगुमा १, सल्यानमा ४, र सुर्खेतमा ११६ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २३, कैलालीमा ७२, डडेल्धुरामा ३, डोटी ४, दार्चुलामा १, बाजुरामा १, दार्चुलामा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ७ : २० बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित