कानूनमा दोस्रोपटक असफल भइन् किम « Khabarhub

कानूनमा दोस्रोपटक असफल भइन् किम


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क(बीबीसी)– रियालिटी टीभी स्टार तथा व्यापारी महिला किम कार्दासियन वेस्टले आफू पहिलो वर्षको कानून विषयको परीक्षामा दोस्रोपटक पनि असफल भएको खुलासा गरेकी छन् । किमले आफू असफल भएको कुरा ‘किपिङ अप विथ द कार्दासियन्स’ शोको फाइनल एपिसोडमा थाहा पाएकी थिइन् ।

१४ वर्षपछि यो हिट टेलिभिजन शो गत बिहीबारबाट बन्द भएको छ । कानून विषय पढ्दै गरेकी किमले आफ्नै ल फर्म खोल्न चाहन्थिइन् । ‘म असफल भएँ । मैले यसबारेमा तनाव लिइरहनु पर्दैन’, उनले भनेकी थिइन् । उनले यसै महिनामा हुने तेस्रो परीक्षामा सहभागिता जनाउने बताइन् ।

उनले कानूनको डिग्री लिएपछि आफ्नै ल फर्म खोल्ने र जसमार्फत सजाय र जेल सुधारका विषयमा आवाज उठाउने बताएकी छन् ।

गत वर्ष किम उनले जेलबाट मुक्त गर्न सहयोग गरेका कैदीबन्दीसँग ह्वाइट हाउसको भ्रमण गरेकी थिइन् । किमले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहल गरेर क्रिस्टल मुनोज, जुडिथ नेग्रोन र टाइनिस हलको बाँकी जेल जीवन अवधि मिनाहा गराउन लगाएकी थिइन् ।

यी तीन महिलाहरु लागुऔषधको मुद्धामा जेल परेका थिए । जबकी उनीहरु तिनैजनाका सन्तान थिए । किमले अमेरिकी न्याय प्रणालीमा परिवर्तन गर्नुपर्छ भन्दै आवाज पनि उठाइरहेकी छन् ।

बिहीबारको अन्तिम शोमा उनकी बहिनी खोलिइले किमलाई परामर्श गरेकी थिइन् । ‘तिमीलाई कोभिड भयो । तिम्रो आफ्नो ४० औं जन्मदिन थियो । तिमीसँगको व्यक्तिगत सम्बन्धमा धेरै कुराहरु थिए । क्वारेन्टाइन आफैंमा थियो । मलाई लाग्दैन कि यसमा यसपटकको असफलता पनि गणना भयो ।

किम यो समयमा पति कान्ये वेस्टसँगको सम्बन्धविच्छेद प्रक्रियामा छिन् । यो जोडीले सात वर्ष अघि विवाह गरेका थिए । उनीहरुका चार सन्तान छन् ।

शोको फाइनल एपिसोडमा उनले आफ्नो वैवाहिक अवस्थाको बारेमा जानकारी दिँदै आफ्नी आमालाई ‘आफू पूर्ण खुशी खोजिरहेको’ बताएकी थिइन् । उनले एक थेरापिष्टसँगको कुराकानी गरेपछि आफूले अप्रिय विवाह गरेको खुलाइन् ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ९ : १० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु