कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न मन्त्री श्रेष्ठको निर्देशन « Khabarhub

कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न मन्त्री श्रेष्ठको निर्देशन


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को निरीक्षण गरेका छन् ।

सो अवसरमा उनले कोभिड–१९ का सङ्क्रमितको अवस्था, अक्सिजन प्लान्ट, अस्पतालका भौतिकपूर्वाधार बारे जानकारी लिए ।

उनले कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न अस्पताल प्रशासनलाई निर्देशन पनि दिए । “अब आउने सक्ने सङ्क्रमणलाई मध्यनजर गरी सबै तयारी पूरा गर्नुहोस् । अब बिरामीलाई कुनै समस्या नपर्नेगरी काम गर्नुहोस्”, उनले भने, “अब सबै बिरामीको निःशुल्क उपचार गर्नेगरी पूर्ण क्षमतामा अस्पताल सञ्चालन गर्नुपर्दछ ।”

मन्त्री श्रेष्ठले अबको केही महिनापछि लक्षित वर्गका सबै नेपालीलाई खोप उपलब्ध गराउने जानकारी दिनुभयो । मन्त्री श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा जागेश्वर गौतमसहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए ।

सचिव अर्यालले कोभिड–१९ को तेस्रो लहरलाई मध्यनजर गरी सबै तयारी थालेको बताए । कार्यकारी निर्देशक डा.गौतमले सरकारले हालै कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको अवस्थामा काम गर्न सजिलो हुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अस्पताल भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ७ : ३५ बजे

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन