एमाले विवाद सहमति नजिक, कार्यदलको आजको बैठकले अन्तिमरूप दिने « Khabarhub

एमाले विवाद सहमति नजिक, कार्यदलको आजको बैठकले अन्तिमरूप दिने


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यादलले बैठक सहमति नजिक पुगेको छ । सहमतिलाई अन्तिमरुप दिन आज पनि कार्यदल बैठक बस्दैछ ।

आज बस्ने बैठकले समझदारी कायम गर्ने दस्तावेजलाई सार्वजनिक गर्ने जनाइएको छ ।

कार्यदल सदस्यहरुले सहमतिको विन्दुमा पुगेको जनाउँदै आज बस्ने बैठकले एकताको सन्देश दिने दाबी गरेका छन् ।

‘निर्णायक’ भनिएको हिजोको बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै कार्यदलका सदस्य गोकर्ण विष्टले समस्या लगभग समाधानको अबस्थामा पुगेको र अब त्यसलाई अब बस्ने बैठकमा औपचारिता दिन मात्र बाँकी रहेको बताए ।

उनले भने, ‘कार्यदलभित्र लगभग सबै कुरा मिलेको छ यसलाई आइतबारको बैठकले औपचारिकता दिनेछ, तपाइँहरुले सुखद समाचार सुन्न पाउनुहुन्छ ।’

नेता डा.भीमबहादुर रावलले दलमा देखिएको समस्या समाधानको अन्तिम विन्दुमा पुगेको र चाँडै सहमतिको निष्कर्षमा पुग्ने बताए ।

कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । खनाल–माधवकुमार नेपालका तर्फबाट रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ८ : १५ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका