भारतीय चोरले लुटेका भैँसी सशस्त्र प्रहरीले फिर्ता ल्यायो « Khabarhub

भारतीय चोरले लुटेका भैँसी सशस्त्र प्रहरीले फिर्ता ल्यायो


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- सशस्त्र प्रहरीले भारतीय चोरहरूले बेलडाँँडी गाउँपालिका–५ बाट लुटेर लगेका स्थानीय बासिन्दाका १२ वटा भैँसी  फिर्ता ल्याएको छ ।

नेपालको सीमाबाट आठ किलोमिटर टाढा भारतको जिल्ला पिलिभित टाटरगञ्ज, ग्राम पञ्चायत शारदा नदीको धुलिया पलियाघाटबाट भैँसी फिर्ता ल्याइएको हो ।

भारतीय चोरले भैँसी चोरेर लगेको जानकारी पाउनासाथ बोर्डर आउटपोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको कमाण्डमा रहेको १० जनाको टोली, झिलमिलाबाट प्रहरी नायब निरीक्षक रामबहादुर बोहराको कमाण्डमा तीन र भैँसीवाला स्थानीयवासीसहितको टोलीले भारतीय सुरक्षाकर्मीको सहयोगमा भैँसी फिर्ता ल्याएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वार्टर  शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए ।

“चोरी गरिएकामध्ये १२ वटा भैँसी चोरहरुले लग्दै गरेको अवस्थामा फेला पारेका छौँ”, उनले भने, “एक भैँसी फेला पर्न सकेको छैन । चोरीमा संलग्न भने फरार भएका छन् ।” भारतीय टाटरगञ्ज ग्राम पञ्चायतका प्रधान सतननाम सिंहले समेत भैँसी फिर्ता ल्याउन सहयोग गरेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै रहेको सीमास्तम्भ नम्बर ७८८७ बाट भारतीय पाँच जनाको समूहमा रहेका चोरले भैँसी चराइरहेका शिवराज उपाध्यायका छोरा १७ वर्षीय अरुण उपाध्यायलाई डर त्रास देखाई शुक्रबार १३ वटा भैँसी भारततर्फ लगेका थिए ।

भारतबाट फिर्ता ल्याइएका भैँसीमा शङ्कर थापाका दुई, नवराज कठायतको एक, गोमा रावतको दुई, चन्दबहादुर रावतको पाँच र तेजबहादुर रावतका दुई रहेका छन् । शिव उपाध्यायको एक भैँसी फेला पर्न सकेको छैन । सम्बन्धित व्यक्तिलाई भैँसी बुझाइएको सशस्त्र प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ९ : ०० बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर