आरआरएनद्वारा आइसोलेशनलाई विभिन्न सामग्री सहयोग « Khabarhub

आरआरएनद्वारा आइसोलेशनलाई विभिन्न सामग्री सहयोग


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का–नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन)द्वारा सङ्खुवासभाका आइसोलेशनलाई विभिन्न सामग्री सहयोग हस्तान्तरण गरिएको छ । शनिबार तुम्लिङ्टारमा एक कार्यक्रमबीच पूर्वराजदूत डा अर्जुन कार्कीले जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्य र कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसीसिएमसी) समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई विभिन्न सामग्री हस्तान्तरण गरेका हुन् ।

संयुक्त राज्य अमेरिकाका लागि नेपालका पूर्वराजदूत डा कार्कीको विशेष पहलमा युएनडिपी कार्यक्रमअन्तर्गत नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन)ले उक्त सामग्री उपलब्ध गराएको हो । विश्वभर कोरोना भाइरसको महामारी फैलिइरहेको समयमा सङ्खुवासभामा कोरोना नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सङ्खुवासभा जिल्ला अस्पतालद्वारा सञ्चालित मानेभञ्जाङ, तुम्लिङ्टार आइसोलेशन र चैनपुर आइसोलेशनका लागि ती सामग्री हस्तान्तरण गरिएको हो ।

उक्त संस्थाले चैनपुर र मकालु गाउँपालिकाका लागि एक÷एक थान जेनेरेटर हस्तान्तरण गरेको थियो । त्यसैगरी अन्य सामग्री पल्स अक्सोमिटर १०० थान, पिपिइ १०० थान, एन–९५ मास्क एक हजार थान, ब्ल्याङ्केट १५० थानलगायत १० प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । ती सामग्री जिल्ला अस्पताल र डिसीसिएमसी समितिले जिल्लामा सञ्चालित आइसोलेशन र होमआइसोलेशनमा बसिरहेकालाई लक्षित वितरण गर्न समेत संस्थाले अनुरोध गरेको छ ।

पूर्वराजदुत कार्कीको पहलमा सङ्खुवासभामा विभिन्न प्रकारका सहयोग प्राप्त भएको भन्दै जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शाक्यले धन्यवाद दिए । जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङ्टारमा जन्मिएका पूर्वराजदूत कार्की विभिन्न सामाजिक काममा समेत संलग्न रहँदै आएका छन् ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १२ : ०० बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी