कार्यदलको मस्यौदामा माधव नेपालको असहमति, एकताका लागि कार्यदलको कसरत जारी « Khabarhub

कार्यदलको मस्यौदामा माधव नेपालको असहमति, एकताका लागि कार्यदलको कसरत जारी


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टीको आन्तरिक विवाद समाधानका लागि एमाले कार्यदलले तयार पारेको सहमतिको मस्यौदामा वरिष्ठ नेता माधव नेपालले असहमति जनाएका छन् ।

आफू पक्षधर ५ वार्ता टोली सदस्यहरुलाई आइतबार बिहान बोलाएर नेता नेपालले मस्यौदाप्रति असन्तुष्टी जनाएका हुन् ।

नेता नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्ने गरी सहमति नहुने बताएका छन् । एकताको प्रयास जारी रहेका बेला नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताएको स्रोतले जनायो ।

यस्तै नेपालले अध्यक्ष केपी ओलीको एकल अधिकार रहनेगरि एमाले एकताको कुनै अर्थ नहुने र ओलीले आफू अनुकुल हुनासाथ धोखा दिने बताएका छन् ।

वार्ता टोलीका एक सदस्यका अनुसार सहमतिको मस्यौदामा एक बुँदा थपेर माधव नेपाल पार्टीको दोस्रो अध्यक्ष रहने कुरा उल्लेख नहुँदासम्म नेपाल सहमत नहुने देखिएको बताए ।

विधानमै नरहेको दोस्रो अध्यक्षको कुरा वार्ता टोलीले टुंगो लगाउन नसक्ने भएकाले अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच शीर्ष तहमा सहमति हुनुपर्ने वार्ता टोली सदस्यहरुको भनाइ छ । ओलीले नेपाललाई दोस्रो अध्यक्ष दिन यसअघि तयार भइसकेको दाबी समेत नेपाल पक्षका नेताहरुको छ ।

अहिले सिंहदरबारमा कार्यदलको बैठक जारी छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १२ : १५ बजे

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

एजेन्सी– यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष