१ हजार ८३१ कोरोना संक्रमित थपिए, २० को मृत्यु « Khabarhub

१ हजार ८३१ कोरोना संक्रमित थपिए, २० को मृत्यु


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ५३५ जनाको पीसीआर परीक्षणबाट १ हजार २३७ र ३ हजार ६८३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५९४ जना गरी जम्मा १ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ५३३ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ४ : ५४ बजे

२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर

समुद्रले निल्दै नाइजेरियाली बस्ती

आयटोरो (नाइजेरिया)- दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय

आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिन्छौँ : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत वितरण

साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा हुँदै

काठमाडौं- करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज

संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका