२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ५३५ जनाको पीसीआर परीक्षणबाट १ हजार २३७ र ३ हजार ६८३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५९४ जना गरी जम्मा १ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ५३३ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा ३, ओखलढुंगामा १, खोटाङमा ३,  झापामा ८५,  ताप्लेजुङमा १, तेह्रथुममा ३,  धनकुटामा १, भोजपुरमा २,  मोरङमा ७०, संखुवासभामा १, सोलुखुम्बुमा १ र सुनसरीमा २८ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को पर्सामा २, बारामा ३, रौतहटमा ४, सप्तरीमा १, सर्लाहीमा ६ र सिरहामा ३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा २६३, काभ्रेमा ३४, चितवनमा ८३, दोलखामा ६, धादिङमा ११, नुवाकोटमा ४२, भक्तपुरमा ३१, मकवानपुरमा ६, रसुवा १३, रामेछापमा ६, ललितपुरमा ९७, सिन्धुली २ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १५२, गोरखामा २१, तनहुँमा १०, नवलपरासी पूर्वमा १६, पर्वतमा ३, लमजुङमा १ र स्याङजामा ५ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ११, कपिलवस्तुमा ६, गुल्मीमा ६, दाङमा ५, नवलपरासीमा ५, पाल्पामा ३, प्युठानमा ६,  बर्दियामा ८, बाँकेमा ११, रोल्पामा ३ र रुपन्देहीमा ३४ जना छन्।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा २, रुकुम पश्चिममा २, सल्यानमा १ र सुर्खेतमा १५ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १७, कैलालीमा ७२, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ५ : ४० बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन