एमालेको विरोधपछि गण्डकी प्रदेशसभा बैठक अवरुद्ध « Khabarhub

एमालेको विरोधपछि गण्डकी प्रदेशसभा बैठक अवरुद्ध


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध जनाएपछि आज गण्डकी प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।

बजेटमाथि छलफल गर्ने कार्यसूची रहेकामा बिहान ११.०० बजे बैठक शुरु हुनासाथ प्रतिपक्षी दलका सदस्यले उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले एमालेका प्रदेशसभा सदस्य रामशरण बस्नेतलाई बोल्न समय दिएका थिए ।

नयाँ सरकारले बजेट रकमान्तर गरेको तर पुराना काम सकिएका योजनाको भुक्तानी रोकेको बस्नेतले बताए । सरकार बन्दा पुँजीगत खर्च रोकिएको बताउँदै उनले रकमको वितरण, योजना छनोटको आधार आदिबारे स्पष्ट पार्नुपर्ने बताए ।

पोखरामा एउटै वडामा करोडौँ रुपैयाँ विनियोजन गरिएको बताउँदै उनले बजेटको विनियोजन कानूनसम्मत नभएको टिप्पणी गरेका थिए ।

प्रतिपक्षका अन्य सदस्यहरुले पनि उठेर बैठक अवरोध जारी राखेपछि सभामुख नेत्रनाथ अधिकारीले आजै १.०० बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । दिउँसो १.०० बजेका लागि बोलाइएको बैठकमा पनि अवरोध कायम भएपछि बैठक पुनः भोलि बिहान ११.०० बजे बस्नेगरी स्थगित भएको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ९ : ३० बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन