एमाले कार्यदलको १० बुँदे सहमति स्वागतयोग्य : योगेश भट्टराई « Khabarhub

एमाले कार्यदलको १० बुँदे सहमति स्वागतयोग्य : योगेश भट्टराई


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा(एमाले)का नेता योगेश भट्टराईले एमाले विवाद समाधान गर्न गठित कार्यदलले गरेको १० बुँदे सहमति स्वागतयोग्य भएको बताएका छन् ।

नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् सहमति स्वागतयोग्य भन्दै यसको कार्यान्वयन गर्दै र एकतालाई थप सुदृढ पार्दै अघि बढ्नुपर्ने कार्यभार रहेको बताएका हुन् ।

‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुँदे सहमति स्वागत योग्य छ ।’ नेता भट्टराईले भनेका छन्, ‘यसको कार्यान्वयन गर्दै, एकतालाई थप सुदृढ गर्दै, विश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरुको युगिन कार्यभार बनेको छ ।’

उनले कार्यदल सदस्यहरुलाई धन्यवाद पनि दिएका छन् ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ११ : ३६ बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको