मलेसियामा गैरकानुनी कामदारमाथि धरपकड, कसरी फर्कने स्वदेश ? « Khabarhub

मलेसियामा गैरकानुनी कामदारमाथि धरपकड, कसरी फर्कने स्वदेश ?



दोहा– तपाईं मलेसियामा गैरकानुनी (इलिगल) हुनुहुन्छ ? यदि हो भने चाडैँ स्वदेश फर्किने प्रक्रियामा जानुहोला नत्र कुनै पनि समय पक्राउ पर्नुहुनेछ ।

पछिल्लो समय मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई लक्षित गर्दै धमाधम धरपकड अभियान चलाएपछि दैनिक नेपालीसहित आप्रवासी कामदार पक्राउ पर्न थालेका छन् ।

शाह आलमस्थित एक कम्पनीमा सोमबार बिहान ११ बजे शुरु भएको धरपकडमा बेलुकासम्म केही नेपालीसहित १११ विदेशीलाई पक्राउ गरिएको मलेसियाली अध्यागमन विभागले जनाएको छ ।

जसमा १०६ पुरुष र ५ जना महिला छन् । पक्राउ परेका अधिकांशले कानुन विपरीत र भिसामा उल्लेख भएको भन्दा फरक कम्पनीमा काम गरेको पाइएको विभागले जनाएको छ। मलेसियाको कानुन अनुसार विदेशी कामदारले भिसामा उल्लेख भए अनुसारकै रोजगारदाता कम्पनीमा काम गर्नुपर्दछ।

मलेसियाले गैरकानुनी कामदारका लागि सञ्चालन गरिरहेको रिक्यालिब्रेसन कार्यक्रमको समयअवधि बढाएर यस वर्षको अन्त्यसम्म अर्थात ३१ डिसेम्बरसम्मका पुर्‍याएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

यसअघि यो कार्यक्रम अन्तर्गत स्वदेश फर्कन मलेसियाले दिएको समय जुन ३० मा सकिएको थियो । यो कार्यक्रम अन्तर्गत गैरकानुनी रुपमा बसेका बिदेशी कामदारले निश्चित प्रक्रिया पूरा गरेर मलेसियामै कानुनी भइ काम गर्न सक्ने वा सहुलियत दरको जरिवाना तिरेर आआफ्नो देश फर्किन पाउने छन् ।

कसरी फर्कने

यसघि मलेसियाको अध्यागमन विभागले बनाएको अनलाइन प्रणालीमार्फत अपोईन्मेन्ट लिनुपर्ने बाध्यतालाई हटाउदै अबदेखि स्वदेश फर्कने अवैधानिक नेपालीले राहदानी वा ट्राभल डकुमेन्ट र हवाई टिकट लिएर सिधै विमानस्थल जान सकिने दूतावासले जनाएको छ ।

गैरकानुनी रुपमा बसेका नेपालीले स्वदेश फर्कन कोरोना रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र, कोरोना खोप नलगाएको भए नेपालमा होटल क्वारेनटाइनको व्यवस्था गरेको पेपर र खोप लगाएको भए सोको प्रमाणपत्र बोकेर २४ घण्टा अघि नै विमानस्थल पुग्नुपर्ने दूतावासकी द्वितीय सचिव यसु बस्नेतले जानकारी दिइन् ।

नगद कारोबार नहुने भएकोले अध्यागमन विभागमा तिर्नुपर्ने जरिवाना ५ सय रिङगेट क्रेडिट कार्ड, डेबिट कार्ड वा टच एन्ड गो कार्डबाट तिर्नु पर्नेछ ।

पासपोर्ट नभएको हकमा यात्रा अनुमतिपत्र बनाउन दूतावासमा नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगेट दस्तुर तिर्नुपर्छ ।

नेपाली कामदारका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा करिब ५ लाखभन्दा बढी नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन् ।


तस्वीरहरू : अध्यागमन विभाग मलेसिया

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ८ : २६ बजे

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो