अझैसम्म जडान हुन सकेन अक्सिजन प्लान्ट | Khabarhub Khabarhub

अझैसम्म जडान हुन सकेन अक्सिजन प्लान्ट


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा एक महिनाअघि ल्याइएको अक्सिजन प्लान्ट अझैसम्म जडान हुनसकेको छैन । यसरी लामो समयसम्म अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयले यसबारे चासो देखाएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको निर्णयानुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पताललाई समयमै अक्सिजन प्लान्ट जडान हुन नसकेपछि स्पष्टीकरण मागसमेत गरिसकेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न ढिलाइ भएको विषयमा स्पष्टीकरण सोधिएको जानकारी दिए ।

अबको सात दिनभित्रमा अस्पतालमा उद्योग सङ्घले सहयोग गरेको अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । सरकारले कोरोनाको तेस्रो भेरियन्टको चेतावनी दिइराख्दा अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न ढिलाइ हुनु उचित नभएकाले तत्काल यसप्रति अस्पताल प्रशासनको ध्यान जानुपर्ने प्रशासनको निष्कर्ष छ ।

सरकारले कोभिड–१९ को तेस्रो लहरको चेतावनी केही समयअघिदेखि नै दिँदै आइरहेको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालमा सावधानी तथा भविष्यमा आउने खतराका लागि सजग रहन र पूर्वाधार तयार पार्न पत्रसमेत पठाइसकेको छ । यता हेटौँडा अस्पतालले भने यस विषयमा खासै चासो देखाएको देखिन्न । उद्योग सङ्घ मकवानपुरले हेटौँडा अस्पताललाई गत असार १६ गते दिएको अक्सिजन प्लान्ट अझै जडान हुनसकेको छैन ।

गत जेठमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको रोहवरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवं अस्पताल सञ्चालन व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँ र उद्योग सङ्घ हेटौँडाका अध्यक्ष लेखराज पोखरेलले सम्झौतापत्रमा जेठ १६ गतेसम्म ठेकेदारलाई प्लान्ट निर्माणको जिम्मेवारी दिनेसम्बन्धी हस्ताक्षर भएको थियो ।

अस्पतालले १५ देखि २० दिनसम्म प्लान्ट जडान भइसक्ने जानकारी गराएको छ । प्लान्ट निर्माणका लागि ट्रस भवनको निर्माण भइरहेको हुँदा केही समय ढिला हुन गएकाले अब छिट्टै सञ्चालनमा ल्याउने अस्पतालले जनाएको छ । उद्योघ सङ्घले प्लान्ट निर्माणका लागि रु एक करोड ३० लाख खर्च गरेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १० : १६ बजे

सेनाले राख्न थाल्यो सुनकोसीको खुर्कोटमा बेलिब्रिज

काठमाडौं– खुर्कोट र रामेछाप जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको

एनपीएलमा आरिफ र अविनास सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट

विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने

काठमाडौं– विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क

सरकारविरुद्ध अन्तर्राष्ट्रिय निकायमा जाने भूपू गोर्खा सैनिकको चेतावनी

काठमाडौं- ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले सर्वोच्च अदालतको फैसला

स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता 

काठमाडौं– आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि