अभिनेता प्रकाश राज सुटिङमा घाइते « Khabarhub

अभिनेता प्रकाश राज सुटिङमा घाइते


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– दक्षिण भारतीय फिल्मका अभिनेता प्रकाश राज एक फिल्मको सुटिङमा लडेर घाइते भएका छन् । अभिनेता चेन्नइमा मिथरण जवाहरको नयाँ फिल्म ‘डी ४४’को सुटिङका क्रममा घाइते भएका हुन् ।

समाचारअनुसार उनको हात भाँचिएको छ । यो कुराको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । ‘म लडेँ । मेरो शरीरमा एउटा सानो फ्याक्चर भएको छ । सर्जरीका लागि म आफ्नो डा. गुरुवरेड्डी साथीसँग हैदराबाद जाँदैछु । म चाँडै ठिक हुन्छु । मेरो बारेमा चिन्ता लिनुपर्ने कुनै कारण छैन’, ५६ वर्षीया अभिनेताले लेखेका छन् ।

दक्षिण भारतीय फिल्ममा अभिनयको पर्याय बनेका प्रकाशले बलिउडमा पनि धेरै फिल्ममा अभिनय गरेका छन् । उनी दर्शकमाझ नकारात्मक भूमिकाका लागि लोकप्रिय छन् । उनले पाँच पटक राष्ट्रिय पुरस्कार जितेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ११ : ३५ बजे

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१