अमेरिकी मध्यावधि निर्वाचनमा एलन मस्कको ४५ करोड डलरभन्दा बढी खर्च « Khabarhub

अमेरिकी मध्यावधि निर्वाचनमा एलन मस्कको ४५ करोड डलरभन्दा बढी खर्च


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी मध्यावधि निर्वाचनमा अर्बपति व्यवसायी एलन मस्कको चुनावी खर्च र राजनीतिक प्रभाव पनि चर्चामा आएको छ ।

अमेरिकी चुनावी आर्थिक सहयोगसम्बन्धी अभिलेख विश्लेषण गर्ने संस्था ओपनसेक्रेट्सका अनुसार मस्कले रिपब्लिकन उम्मेदवार र रूढिवादी विचारधाराका सङ्गठनलाई समर्थन गर्न कम्तीमा ४५ करोड ५० लाख अमेरिकी डलर खर्च गरेका छन् । यो कुनै एक व्यक्तिले अमेरिकी चुनावमा गरेको अहिलेसम्मकै ठूलो खर्च भएको बताइएको छ ।

टेक्सासमा भएको सिनेट निर्वाचनका क्रममा मस्कले रिपब्लिकन उम्मेदवार केन प्याक्सटनको समर्थनमा मात्रै २० करोड डलरभन्दा बढी खर्च गरेका थिए । तर, ठूलो आर्थिक सहयोगका बाबजुद प्याक्सटन डेमोक्रेटिक पार्टीका उम्मेदवार जेम्स तालारिकोसँग पराजित भएका छन् ।

केही वर्षअघि मस्कले आफ्नो बसोबास र केही व्यावसायिक गतिविधि टेक्सासमा स्थानान्तरण गरेका थिए ।

निर्वाचनमा विजय हासिल गरेपछि सम्बोधन गर्दै तालारिकोले समर्थकहरूलाई अरबपति र खर्बपति दातासहित विद्यमान राजनीतिक व्यवस्थाको संरक्षण गर्ने भ्रष्ट व्यक्तिहरूलाई जनताको शक्तिले जवाफ दिएको बताए।

उनले भने, ‘हामीले यस राज्य र देशका हरेक अरबपति दाता, खर्बपति दाता तथा खराब राजनीतिक व्यवस्थाको बचाउ गर्ने भ्रष्ट व्यक्तिलाई एउटा सन्देश दिएका छौँ, सत्ता जनताको हातमा छ ।’

यसैबीच, सामाजिक सञ्जाल एक्समा केही घण्टासम्म मौन बसेपछि मस्कले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘यसपटक चुनावमा हस्तक्षेप गर्ने मेरा अन्तरिक्ष लेजरहरूले काम गर्नेछन् जस्तो छ ।’

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ३ : २७ बजे

‘जलवायु अनुसन्धानका लागि थिङ्क ट्याङ्क र विश्वविद्यालयलाई बलियो बनाउनुपर्छ’

दिगो विकास र जलवायु परिवर्तनका मुद्दाहरूमा युवा तथा अन्य समुदायको

डा. केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन

काठमाडौँ –  चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्रा. डा.

इजरायलमा निर्वाचन धाँधलीको आरोप पुष्टि भएन, नेतान्याहुको सत्ता समीकरण चुनौतीपूर्ण

तेल अभिभ- इजरायलको केन्द्रीय निर्वाचन समितिले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब दलहरूमाथि

नेपाल संवत् ११४७ मनाउन १०७ सदस्यीय मूल समारोह समिति गठन

काठमाडौँ– नेपाल संवत्को नयाँ वर्ष ११४७ भव्यताका साथ मनाउन नेवार

तीन दशकमा दोहोरियो आईजीपी हटाउने इतिहास : के भएको थियो ०५३ सालमा ?

काठमाडौँ – नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने वालेन्द्र साह सरकारको