ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु « Khabarhub

ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७ स्थित गागन खोला नजिकै आज बिहान ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ ।

नम्बर मेटिसकेका ट्र्याक्टर पल्टिँदा ट्र्याक्टरमा सवार सिरहाको गोलबजार नगरपालिका– ५ का ३० वर्षीय अरुण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव ट्र्याक्टर मजदुरको रुपमा काम गर्ने बताइएको छ ।

ट्र्याक्टर अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ । ट्र्याक्टरका चालक र ट्र्याक्टर धनी फरार रहेकाले उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  २ : ५८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित