उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै ठगी गर्ने पक्राउ  « Khabarhub

उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै ठगी गर्ने पक्राउ 


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डोटी केआइसिंह गाउँपालिका–६ स्थायी घर भई हाल कीर्तिपुर नगरपालिका–७ बस्ने २६ वर्षीय कुशल भट्ट भनिने केशवराज भट्ट रहेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले भट्टलाई कलंकी स्युचाटारबाट पक्राउ गरेको हो ।

उनले निजामती कर्मचारीको पोशाक लगाएर उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई अनेक बहानामा पारी ठगी गरेको खुलेको महाशाखाले जनाएको छ।

भट्ट यसअघि साइबर क्राइम र ठगी मुद्दामा जिल्ला अदालतमा एक वर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तानी गरिसकेको व्यक्ति रहेको महाशाखाले जनाएको छ।

भट्टले कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जालमार्फत् आफू परराष्ट्र मन्त्रालयको सह–सचिव समेत हुँ भनि ठगी गर्दै आएकोसमेत खुलेको महाशाखाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ६ : ०९ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र