संखुवासभा सामूहिक हत्या प्रकरण : आरोपित पक्राउ | Khabarhub Khabarhub

संखुवासभा सामूहिक हत्या प्रकरण : आरोपित पक्राउ


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सामूहिक हत्या काण्डको आरोपमा स्थानीय एक युवालाई पक्राउ गरिएको छ । उनी हत्या भएको कार्की परिवारको आफन्त रहेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानमा सक्रिय संघीय प्रहरी एकाई कार्यालय धरानका एसपी भीम दाहालले अनुसन्धानबाट अझै केही कुरा पूरा गर्नु पर्ने भएकाले त्यो पुष्टि  हुनेवित्तिकै पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरिने जानकारी दिए ।

संखुवासभाको मादी नगरपालिका १ खोला गाउँको उम्लिङमा सोमबार तेजबहादुर कार्की र उनकी श्रीमती कमला कार्की, तेजबहादुरकी आमा पार्वती कार्की, तेजबहादुरकी जेठी बुहारी रञ्जना कार्की, नाती ११ वर्षीय दीपेन कार्की, नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

 

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १० : ४० बजे

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौं– कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

काठमाडौं– आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको

फिल्म निर्देशनमा प्रकाश सपूत (तस्बिरसहित)

काठमाडौं– गायक प्रकाश सपूतले फिल्म निर्माणको घोषणा गरेका छन् ।