सभापतिको दौडबाट पछि हट्दिनः महामन्त्री कोइराला « Khabarhub

सभापतिको दौडबाट पछि हट्दिनः महामन्त्री कोइराला

उच्छृङ्खल चरित्रले कम्युनिस्ट पार्टी चलिरहेका छन्


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका महामन्त्री डा‍. शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् ।

चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताए ।

उनले भने, “हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दैछु ।” महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताए ।

उनले जिल्लाहरुमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको र यो विवाद मिलाउनका लागि कार्यतालिका संशोधन गरिएको जानकारी दिए । क्रियाशीलको अन्तिम टुङ्गो छिट्टै लाग्ने उनले बताए ।

एक फरक प्रसङ्गमा महामन्त्री कोइरालाले कम्युनिस्ट उच्छृङ्खल चरित्रका हुन्छन् भन्ने उदाहारण हिजो संसद्मा भएको घटनाले पुष्टि गरेको बताए ।

विपक्षीको धर्म विरोध गर्ने भए पनि हिजोको घटनाले संसद्को गरिमामाथि आँच आउने काम भएको बताउँदै उनले भने, “उच्छृङ्खल चरित्रले कम्युनिस्ट पार्टीहरु चलिरहेका छन् ।”

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १ : ३६ बजे

लुम्बिनी प्रदेश : चार दिनमा ७८ विपद्का घटना

दाङ – लुम्बिनी प्रदेशमा यही असोज ८ देखि ११ गतेसम्म

वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग

वीरगन्ज – वीरगन्ज महानगरपालिकाले वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत

आजका समाचार : प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत, फेरि समातिए दुर्गा प्रसाईं, पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति र कच्चा तेलको भाउ बढ्यो

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायोविपक्षी दलका

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना फेरि सञ्चालन

लमजुङ– मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि

यी हुन् सबैभन्दा धेरैपल्ट पक्राउ परेका व्यक्ति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नु सामान्यजस्तै भइसकेको छ