एमालेलाई जेठ २ मा फर्काउने प्रयास, विरोध र असन्तुष्टि कायमै « Khabarhub

एमालेलाई जेठ २ मा फर्काउने प्रयास, विरोध र असन्तुष्टि कायमै


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– नेकपा एमालेको केन्द्रीय सर्कुलरअनुसार जिल्ला कमिटी ओखलढुंगालाई २ जेठ मा फर्काउने प्रयास सुरु भएको छ । नेकपा गठन हुनुपूर्वको एमालेको जिल्ला कमिटीको बैठक राखेर त्यसको सुरुआत गरेको केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज यज्ञराज सुनुवारले जानकारी दिए ।

केन्द्रको सर्कुलरअनुसार आयोजना गरिएको बैठकमा भने जिल्ला कमिटीका बहुमत सदस्यमात्र उपस्थित भएका थिए । सर्कुलर कार्यान्वयन र जिम्मेवारीका सन्दर्भमा असहमत नेताहरु भने बैठकमा उपस्थित भएनन् ।

यद्यपि बैठकले एमाले र माओवादी एकीकरण पूर्वको स्थानीय तह र जिल्लाको संरचना सक्रिय बनाउने निर्णय गरेको छ । एमालेको माधव समूहका सचिव र ओली समूहका समानान्तर कमिटीका सचिव बैठकमा सहभागी भएनन् ।

माधव समूहमा रहेका सचिव हर्कबोल राई र ओली समूहले बनाएका सचिव तीर्थ सुवेदी दुवै बैठकमा अनुपस्थित थिए । बाहिर स्वास्थ्यको कारण बताइए पनि खास कारण भने १० बुँदेमा उनीहरुको असहमति नै हो । राई संविधानसभा सदस्य तथा जिल्लामा स्थापित नेता हुन् । उनको अनुपस्थितिले एमाले जिल्ला नेतृत्वलाई झस्काएको छ ।

उनीजस्तै माधव समूहमा लागेका धेरैजसो जिल्ला कमिटी सदस्यहरु बैठकमा अनुपस्थित भए । ओली समूहको विधान विपरीतका काम र गतिविधिले वाक्क भएका नेता कार्यकर्ता धेरै निष्कृय भएका छन् । उनीहरुमध्ये कतिले एकीकृत समाजवादी रोजेका छन् भने कति तटस्थ बसेका छन् ।

एमाले जिल्ला सचिव शंकर कटवाल केही असन्तुष्टि भए पनि विस्तारै समायोजन भएर जाने बताउँछन् । एमाले विभाजनले जिल्लामा खास असर नपर्ने उनको तर्क छ । जिल्लामा एक मात्र जनप्रतिनिधि समाजवादीमा लागेको भन्दै प्रभाव शून्य रहेको उनको दावी छ । यद्यपि बैठकमा अनुपस्थित रहेका नेताहरु एमालेमा सक्रियतापूर्वक नलाग्ने हो भने एमालेको आधा संगठन भत्किने देखिएको छ ।

जिल्ला कमिटी बैठकले ८ स्थानीय तहमा पूर्ववत् कमिटीले काम गर्ने र २ जेठ कार्यान्वयनमा आउने समस्या समाधानका लागि जिल्ला अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्माण भएको छ । पार्टीले यस्तो निर्णय गरे पनि युवा तथा विद्यार्थी संगठनमा नेतृत्वबारे आ–आफ्नै दावीले विवाद बढ्दै गएको छ । न्यूज कारखाना

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ४ : ५५ बजे

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ