‘अमेरिकामा कोरोना महामारी नियन्त्रण उन्मुख छैन’ « Khabarhub

‘अमेरिकामा कोरोना महामारी नियन्त्रण उन्मुख छैन’


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख नरहेको सरकारी उच्च अधिकारीहरुले स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपतिका मुख्य चिकित्सा सल्लाहकार एन्टोनी फाउचीले महामारी नियन्त्रण उन्मुख भएको भन्न नमिल्ने बताएका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने क्रम नरोकिएकाले नियन्त्रण हुन लागेको भन्न नमिल्ने उनको भनाइ छ । सबैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै महामारी नियन्त्रण उन्मुख हुन सक्ने उनले बताए ।

“हामी अहिले पनि महामारीकै अवस्थामा छौँ, अहिले पनि एक दिनमा एक लाख ६० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन्,” फाउचीले भने ।

अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रणको अवस्था पनि अहिले सन्तोषजनक नरहेको उनको बुझाइ छ ।

दैनिक सङ्क्रमितहरूको सङ्ख्या दश हजारभन्दा कम भएपछि मात्रै नियन्त्रण उन्मुख रहेको मान्न सकिने वरिष्ठ चिकित्सक फाउचीले बताए । सेप्टेम्बर ८ सम्ममा अमेरिकामा चार करोड पाँच लाख २३ हजार ९५४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म झण्डै छ लाख ७७ हजारको मृत्यु भइसकेको छ । एएनआई

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ७ : ४० बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा