प्रदेश–१ मा २०७ जनामा कोरोना « Khabarhub

प्रदेश–१ मा २०७ जनामा कोरोना


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा ५१४ जनाको पीसीआर परीक्षण गर्दा ११७ र ५४४ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५२ मध्ये विराटनगरमा ३७, झापामा ३२, सुनसरीमा २६, धनकुटामा दुई, खोटाङ, इलाम, पाँचथर, ताप्लेजुङ र प्रदेश बाहिरका एकरएक जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा शनिबारै २८८ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सो सङ्क्रमणबाट मुक्त हुनेमा १७९ जना महिला र १०९ जना पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ८ : ३० बजे

निर्वाचनमार्फत संविधानको रक्षा गरौँ : पूर्वमन्त्री भुसाल

पाटन– पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री पम्फा

बुटवल मण्डपमा तस्बिर प्रदर्शनी : इतिहासलाई बुझ्ने अवसर

लुम्बिनी– नेपाल पत्रकार महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको तस्बिर प्रदर्शनी

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने