राष्ट्रपति बाइडेनद्वारा ९/११ को आक्रमणमा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त « Khabarhub

राष्ट्रपति बाइडेनद्वारा ९/११ को आक्रमणमा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडेनले ९/११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । राष्ट्रपति बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतङ्ककाविरुद्ध सृजनामा भएको एकता र सहकार्यको भावनालाई पुनः जागृत गराउन आह्वान गरेका छन् ।

आजभन्दा ठीक २० वर्ष पहिले अमेरिकाले बेहोरेको कुख्यात र अत्यन्त दर्दनाक आतङ्कवादी हमलाको बेला बाइडेन सिनेटेर थिए भने अहिले देशको सर्वोच्च नेतृत्वमा छन् ।
राष्ट्रपति बाइडेनले उक्त हमलामा विमानहरू दुर्घटना गराइएको तीन स्थानमा श्रद्धाञ्जलि र सम्मान अर्पण गर्ने तय भएको थियो तर उनले बीचमै सम्बोधन छोट्याएर अरुलाई कार्यक्रम हस्तान्तरण गरेका थिए ।

यसैबीच शुक्रवार अबेर ह्वाइट हाउसले बाइडेनको रेकर्डेट भाषण जारी गर्दै वास्तविक मूल्यको राष्ट्रिय एकता र बहादुरीको पक्षमा रहन सबैमा आह्वान गरेका छन् ।
उक्त कुख्यात छटनापछि राष्ट्रिय एकता र बहादुरी सबै अपेक्षित र अनपेक्षित स्थानमा उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन् । राष्ट्रतपि बाइडेनले उक्त घटनापछि आफूले सिकेको सबैभन्दा ठूलो पाठ ‘एकता नै ठूलो शक्ति हो’ भनेका छन्

शुक्रवार राति राष्ट्रपति बाइडेन ९/११को घटनाको स्मरणमा न्युयोर्क पुगेका थिए । त्यहाँको आकाशमा बत्तिहरू दुःख व्यक्त गर्ने किसिमले सजाइएका थिए । उक्त अवसरमा जुम्ल्याहा ट्रेड टावरहरू त्रस्त देखिएको दृष्य टेलिभिजनमा देखाइएका थिए। एपी

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ८ : ५५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क