श्रीलङ्काकाे केन्द्रीय बैंक प्रमुखले दिए राजीनामा « Khabarhub

श्रीलङ्काकाे केन्द्रीय बैंक प्रमुखले दिए राजीनामा


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले शुक्रबार राजीनामा दिएका छन् । केन्द्रीय बैंक प्रमुख डब्ल्यूडी लक्ष्मणले राजनीतिक र व्यक्तिगत कारण देखाएर राजीनामा दिएका हुन् । १० दिनयताको दौडधुपले आफू मानसिक तनावमा परेको भन्दै उनले ८० वर्षको उमेरमा आफ्नो योजनाबद्ध अवकाशभन्दा छ हप्ता अगाडि आगामी मंगलबारदेखि पदबाट हट्ने बताएका छन् ।

लक्ष्मणले राष्ट्रपति गोताबाया राजपाक्षको आर्थिक नीति तयार गरेको तर वैचारिक र व्यक्तिगत कारण यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेको बताए

उनले संवाददाताहरूसँग भने, ‘गत हप्तादेखि सञ्चारमाध्यममा अप्रिय रिपोर्टहरू आएका छन्, केही राजनीतिक मुद्दाहरू छन्, केही व्यक्तिगत मुद्दाहरू छन् । साधारणतया, मेरो योजनाअनुसार काम गर्न सजिलो थिएन ।’ पछिल्लो समय विदेशी विनिमय संकट तीव्र हुँदै गएपछि सरकारले आयातलाई नियन्त्रण गरेको छ ।

वित्तमन्त्री बासिलले श्रीलङ्काले ‘खतरनाक विदेशी मुद्रा सङ्कट’ सामना गरेको घोषणा गरेको तीन दिनपछि केन्द्रीय बैंकका प्रमुखले राजीनामा दिएका हुन् । अधिकांश निजी बैंकले आवश्यक आयातका लागि लगानी गर्न विदेशी मुद्रा समाप्त भएको बताएपछि राष्ट्रपतिले गत हप्ता आर्थिक सङ्कटकालको घोषणा गरेका थिए ।

पछिल्ला दिन श्रीलंकाका प्रमुख सहरमा चिनी र चामल किन्न दैनिक उपभोग्य पसलमा सर्वसाधारणको लामो लाइन देखिएको छ । सरकारले विदेशी मुद्रा सञ्चितीका लागि गाडी, खाना पकाउने केही तेल, मसला र अन्य सामान आयातमा रोक लगाइसकेको छ । बिहीबार केन्द्रीय बैंकले मोबाइल फोन, उपभोग्य वस्तु, टायर र लत्ताकपडाको आयातका लागि ऋण नदिने नियम ल्याएको छ ।

श्रीलंकामा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत पर्यटन क्षेत्र कोरोना महामारीले प्रभावित भएपछि श्रीलंकाको अर्थतन्त्र ३।६ प्रतिशतले घटेको छ । सरकारी तथ्याङ्कले देखाएअनुसार जुलाइको अन्तमा विदेशी मुद्राको सञ्चिती २.८ अर्ब अमेरिकी डलरमा झरेको छ । एएनआई

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ९ : २० बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप