गान्धीले प्राप्त गरेको जित : प्रेरक प्रसङ्ग | Khabarhub Khabarhub

गान्धीले प्राप्त गरेको जित : प्रेरक प्रसङ्ग


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चम्पारणमा गोराहरुले भारतीय मानिसलाई धेरै सताउने गर्थे । गान्धी यो कुरा जाँच गर्नको लागि त्यहाँ गए । उनी त्यहाँ पुगेपछि जनताको साहस बढ्यो ।

यो कुराले गोरा धेरै चिन्तित भए । उनीहरु अहिलेसम्म मनोमानी गरिरहेका थिए । कोही पनि उनीहरुतिर औँला उठाउन सक्दैनथे । तर गान्धी त्यहाँ गएर तहल्का मच्चाए । गोरा रिसले चूर भए ।

एक दिन मानिसहरुले आएर आफूलाई भने रोग उनलाई मार्न चाहन्छन्, उनीहरुले यसको लागि एउटा मानिस पनि नियुक्त गरेका छन् ।

बापूले सबै कुरा ध्यानले सुने र एक दिन एक्लै त्यो गोराको घरमा गए । जसले उनलाई मार्ने योजना बनाएको थियो । रातको समय थियो र उनी एक्लै थिए । गोराले उनलाई देखे र सोधे, तिमी को हौ ?

गान्धी, गान्धीले जवाफ दिए ।

यो सुनेर गोरा छक्क परे ।

हो, म गान्धी हुँ । मैले सुनेको तिमी मलाई मार्न चाहन्छौ रे ? तिमीले मलाई मार्नको लागि एउटा मानिस पनि नियुक्त गरेका छौ रे !

गोरा चुपचाप भयो । उसलाई सपना देखेझैँ लाग्यो । गान्धी बोल्दै गए, मैले यो कुरा कसैलाई भनेको छैन । म एक्लै यहाँ आएको छु । तिमीले मलाई मार्न सक्छौ ।

गोराको आश्चर्यको सीमा रहेन । डरलाई यसरी जित्ने मानिस उसले पहिला कहिल्यै देखेको थिएन ।

साभार : प्रेरक प्रसङ्हरुपुस्तकबाट

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ६ : ५६ बजे

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई