अधिकांश कार्यालय प्रमुखले दशैँ बिदा अगावै कार्यालय छाडे « Khabarhub

अधिकांश कार्यालय प्रमुखले दशैँ बिदा अगावै कार्यालय छाडे


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलु– जिल्लाका अधिकांश सरकारी कार्यालयका प्रमुखले दशैँ बिदा अगावै कार्यालय छाडेका छन् । बिदा हुनु करिब एक साताअघिदेखि नै कार्यालय प्रमुखले तल्लो तहका कर्मचारीलाई जिम्मेवारी सुम्पदै दशैँ मान्न घरतिर हिँडेका पाइएको हो ।

यस वर्षको दशैँ बिदा यही असोज २६ गते फुलपातीका दिन भए पनि अधिकांश कार्यालयका प्रमुख शुक्रबार नै घर गएको सम्बन्धित कार्यायलका कर्मचारीले बताएका छन् । केही प्रमुखबाहेक विभिन्न बहानामा बिदा लिएर घर जाने विगतको प्रथाले यस वर्ष पनि निरन्तरता पाएको छ ।

बिदा अगाडि नै कार्यालय छाड्ने प्रमुखमा जिल्ला अदालत, सरकारी वकिल, जिल्ला हुलाक, मालपोत कार्यालय, हुलाक कार्याल, बागवाणी केन्द्र फाप्लु, जिल्ला जनगणना कार्यालय, नेपाल टेलिकम, खाद्य तथा व्यापार कम्पनी लिमिटेड, कोष तथा लेखा नियन्त्रणको कार्यालय, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रलगायत कार्यालयका प्रमुख रहेका छन् ।

यी कार्यालयका प्रमुखमध्ये अधिकांश आइतबारदेखि कार्यालयमा हाजिर भएका छैनन् भने केही प्रमुख हप्ता दिन अघिदेखि नै अनुपस्थित रहेका छन् । प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले समेत व्यक्तिगत समस्याका कारण कार्यालय प्रमुख घर बिदामा गएका स्वीकार गरे । कर्मचारी बिदामा बसेको भए पनि सेवा प्रभावित नभएको भन्दै प्रजिअ शाहीले सेवा नै प्रभावित भएको पाइएमा कार्वाही गरिने बताए ।

सरकारी नियमानुसार तोकिएको दशैँ बिदा असोज २६ देखि ३० गतेसम्म उल्लेख गरिएको छ । बिदा हुनु अगावै कार्यालय छाड्ने र बिदा सकिएको केही दिन ढिला गरी हाजिर हुने चलन रहेको छ । यो प्रथाले तल्लो तहका कर्मचारीलाई बढी जिम्मेवारी दिने र सुविधा कम हुने गरेको स्वयम् कर्मचारी बताउँछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १ : ४२ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता