आर्यन बुधबारसम्म हिरासतमै बस्नुपर्ने « Khabarhub

आर्यन बुधबारसम्म हिरासतमै बस्नुपर्ने


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– मुम्बई क्रुज लागुऔषध मामलामा जेलमा रहेका अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अक्टोबर १३ अर्थात् यो बुधबारसम्म आर्थर रोडमा रहेको न्यायिक हिरासतमै बस्नुपर्ने भएको छ । उनको जमानतको मामलामा बुधबार दिउँसो २ः४५ मा सुनुवाई हुँदैछ ।

गत शुक्रबार आर्यनको जमानत निवेदन अदालतले अस्वीकार गरेपछि उनले पुनः अर्को नयाँ जमानत निवेदन अदालतमा दिएका थिए । आर्यनको पैरवी गर्नका लागि ‘हिट एण्ड रन’ मुद्धामा सलमान खानको पक्षमा वकालत गर्ने वकिल अमित देसाई अदालत पुगेका थिए । यद्यपि यो मामलाको सुनुवाई अक्टोबर १३ मा विशेष एनडीपीएस कोर्टमा हुनेछ । यता एनसीबीले जवाफ दिनका लागि अदालतसँग समय मागेको छ ।

‘यो निकै स्वाभाविक हो । यदि अदालतले जमानत निवेदन खारेज गरिदियो भने हामी यसकाविरुद्ध उच्च न्यायालयमा जानेछौं । हामीले मुम्बईको विशेष एनडीपीएस कोर्टमा जमानत निवेदन दर्ता गराएका छौं’ आर्यनका वकिल सतीश मानशिन्देले भनेका छन् ।

आर्यनको जमानत निवेदनमा उनीबाट कुनै किसिमको लागुऔषध बरामद नभएको र आरोपीसँग उनको कुनै साँठगाँठ नभएको उल्लेख गरिएको छ । यसबाहेक आर्यनले लागुऔषध सेवन गरेको या नगरेको भन्ने कुनै प्रमाण नभेटिएको निवेदनमा दाबी गरिएको छ ।

नारकोटिक्स कन्ट्रोल ब्यूरोले अक्टोबर २ मा मुम्बईको एक हाइ प्रोफाइल रेव पाटीमा छापा मारेको थियो । जहाँबाट आर्यनसहित ८ व्यक्तिलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  २ : ५७ बजे

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट

देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश

काठमाडौं– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पठाएको पत्रलाई

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले पार्टीको आगामी १५औँ महाधिवेशनमा

सोनामको घरमै पुग्यो मन्त्रालयको टोली, बाढी प्रभावित अनाथ बालबालिकाको दीर्घकालीन स्याहार राज्यले लिने

काठमाडौं– बाढीले दुई दाजु गुमाएपछि पाँच जना अनाथ भतिज–भतिजीको भविष्यको