फोर्ड नेपालले ल्यायो रोडसाइड असिस्टेन्स « Khabarhub

फोर्ड नेपालले ल्यायो रोडसाइड असिस्टेन्स


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फोर्ड नेपाल (जीओ अटोमोबाइल्स प्रालि)ले चाडपर्वको अवसरमा ग्राहकको सहज र झन्झटरहित यात्राका लागि रोडसाइड असिस्टेन्सको घोषणा गरेको छ । दशैं र तिहारलाई दृष्टिगत गरेर कम्पनीले यो योजना ल्याएको हो ।

‘चाडबाडको समयमा सबैको व्यापार व्यवसाय बन्द हुने र कामदारको कमी हुने कारणले गाडी बिग्रिएमा स्थानीय सर्भिस पाउन कठिन हुन्छ । यस्तो समयमा फोर्ड नेपालले आफ्ना ग्राहकको सुविधाका लागि रोडसाइड असिस्टेन्समार्फत सेवा प्रदान गर्दै छ,’ कम्पनीद्वारा आइतवार जारी विज्ञप्तिमा भनिएको छ, ‘फोर्ड नेपालले नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गर्दै दुई स्थान (सिन्धुली र कुरिनटार)मा सर्भिस क्याम्प नै स्थापना गरी ग्राहक वर्गलाई सेवा प्रदान गर्नेछ ।

यी स्थान काठमाडौँबाट बाहिरिने मुख्य बाटोमध्ये पर्दछ र नेपालको अरू स्थानमा ग्राहकको सेवा सुविधाका लागि हाम्रो सर्भिस सुविधा सञ्जाल सक्रिय अवस्थामा रहनेछ ।’

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ३ : २७ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा