देउवा सत्ता र शक्तिको लोभमा पर्दा पार्टी तहसनहस भयो : रामचन्द्र पौडेल « Khabarhub

देउवा सत्ता र शक्तिको लोभमा पर्दा पार्टी तहसनहस भयो : रामचन्द्र पौडेल


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता र शक्तिको लोभमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई यो हालतमा पुर्‍याएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस भरतपुर नगरसमितिले सोमाबार आयोजना गरेको विजया दशमी तथा तिहारको शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा बोल्दै पौडेलले पार्टी सभापति देउवाले सत्ता, शक्ति र पदको लोभमा अरु केहि नदेखेको बताए ।

‘सत्ता र पदभन्दा अरु केही पनि नदेख्ने । जे मन लाग्यो त्यही गरेर आज पार्टीलाई यो हालतमा पुर्‍याइएको छ’, उनले भने । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले आफ्नै निर्णय पटकपटक फिर्ता लिएर तमासा देखाएको पौडेलले बताए ।

‘निर्णय गरेर फिर्ता लिने कुन तमासा हो ? कांग्रेसको इज्जत कहाँ पुगेको छ ? प्रतिष्ठा कहाँ पुगेको छ ? कांग्रेसको इज्जत र प्रतिष्ठामा खेलवाड गर्न के सभापतिलाई अधिकार छ ?’, उनले प्रश्न गरे । देउवाले केपी ओलीकै शैलीमा पार्टी फुटाउने अध्यादेश फिर्ता लिएको र प्रधानन्यायाधीसको कोटामा नियुक्त मन्त्रीको नियुक्ति फिर्ता लिएको उनले बताए ।

आज निर्णय गरेर भोलि फिर्ता गर्नुपर्ने कांग्रेस आफुले नचाहेको उनले बताए । कांग्रेसले आफ्ना कार्यकर्तालाई हँसिय हथौडा र सूर्यमा भोट हाल भनेर भन्न नपरोस् भन्ने आफुले चाहेको उनको भनाइ थियो । ‘सबै कांग्रेस कार्यकर्ताले रुख चिह्नमा भोट हाल्न पाउन । त्यो कांग्रेस हामीलाई चाहिएको हो’, उनले भने ।

‘अहिले तपाईंहरूले भन्नुभयो, कहिले सूर्यमा भोट हाल्नुपर्ने । कहिले हँसिया हथौडामा भोट हाल्नुपर्ने । कहिले हलोमा भोट हाल्नुपर्ने । यो बिडम्बना कहाँबाट सुरु भयो ? साथीहरुलाई भन्न चाहान्छु, १३ औँ महाधिबेशनको गल्तिबाट आज यो अवस्थामा गुज्रिएको हो कि होइन ?’, उनले पुनः प्रश्न गरे ।

आगामी १४औँ महाधिबेशनमा कार्यकर्ताले नेताहरुको उचित मूल्यांकन गर्नुपर्ने बताए । वर्तमान नेतृत्वले कांग्रेसलाई विचलित गर्ने र कार्यकर्तालाई गैरकांग्रेसी चरित्रतर्फ धकेल्ने प्रयास गरेको बताउँदै उनले देशमा अझै पनि लोकतन्त्रको सुनिश्चितता नभएको बताए ।

‘अझै पनि लोकतन्त्रको सुनिश्चितता भएको छैन । १५ वर्षअघि राष्ट्रपतिमा नथन्किने भनेर गरेको निर्णय अहिले आएर सहि सावित भएको छ । अझै लडाइँ लड्न जरुरी छ’, उनले भने । सही नेतृत्व छान्नका लागि कार्यकर्तासामु परीक्षाको घडी आइपुगेको उनले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ४ : ०६ बजे

स्मार्ट नागरिक सेवा केन्द्र सञ्चालन गर्ने बालेन सरकारको निर्णय

काठमाडौं – सरकारले नागरिक सेवा सुधारलाई तीव्र बनाउने उद्देश्यसहित नयाँ

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला