देउवा सत्ता र शक्तिको लोभमा पर्दा पार्टी तहसनहस भयो : रामचन्द्र पौडेल « Khabarhub

देउवा सत्ता र शक्तिको लोभमा पर्दा पार्टी तहसनहस भयो : रामचन्द्र पौडेल


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता र शक्तिको लोभमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई यो हालतमा पुर्‍याएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस भरतपुर नगरसमितिले सोमाबार आयोजना गरेको विजया दशमी तथा तिहारको शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा बोल्दै पौडेलले पार्टी सभापति देउवाले सत्ता, शक्ति र पदको लोभमा अरु केहि नदेखेको बताए ।

‘सत्ता र पदभन्दा अरु केही पनि नदेख्ने । जे मन लाग्यो त्यही गरेर आज पार्टीलाई यो हालतमा पुर्‍याइएको छ’, उनले भने । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले आफ्नै निर्णय पटकपटक फिर्ता लिएर तमासा देखाएको पौडेलले बताए ।

‘निर्णय गरेर फिर्ता लिने कुन तमासा हो ? कांग्रेसको इज्जत कहाँ पुगेको छ ? प्रतिष्ठा कहाँ पुगेको छ ? कांग्रेसको इज्जत र प्रतिष्ठामा खेलवाड गर्न के सभापतिलाई अधिकार छ ?’, उनले प्रश्न गरे । देउवाले केपी ओलीकै शैलीमा पार्टी फुटाउने अध्यादेश फिर्ता लिएको र प्रधानन्यायाधीसको कोटामा नियुक्त मन्त्रीको नियुक्ति फिर्ता लिएको उनले बताए ।

आज निर्णय गरेर भोलि फिर्ता गर्नुपर्ने कांग्रेस आफुले नचाहेको उनले बताए । कांग्रेसले आफ्ना कार्यकर्तालाई हँसिय हथौडा र सूर्यमा भोट हाल भनेर भन्न नपरोस् भन्ने आफुले चाहेको उनको भनाइ थियो । ‘सबै कांग्रेस कार्यकर्ताले रुख चिह्नमा भोट हाल्न पाउन । त्यो कांग्रेस हामीलाई चाहिएको हो’, उनले भने ।

‘अहिले तपाईंहरूले भन्नुभयो, कहिले सूर्यमा भोट हाल्नुपर्ने । कहिले हँसिया हथौडामा भोट हाल्नुपर्ने । कहिले हलोमा भोट हाल्नुपर्ने । यो बिडम्बना कहाँबाट सुरु भयो ? साथीहरुलाई भन्न चाहान्छु, १३ औँ महाधिबेशनको गल्तिबाट आज यो अवस्थामा गुज्रिएको हो कि होइन ?’, उनले पुनः प्रश्न गरे ।

आगामी १४औँ महाधिबेशनमा कार्यकर्ताले नेताहरुको उचित मूल्यांकन गर्नुपर्ने बताए । वर्तमान नेतृत्वले कांग्रेसलाई विचलित गर्ने र कार्यकर्तालाई गैरकांग्रेसी चरित्रतर्फ धकेल्ने प्रयास गरेको बताउँदै उनले देशमा अझै पनि लोकतन्त्रको सुनिश्चितता नभएको बताए ।

‘अझै पनि लोकतन्त्रको सुनिश्चितता भएको छैन । १५ वर्षअघि राष्ट्रपतिमा नथन्किने भनेर गरेको निर्णय अहिले आएर सहि सावित भएको छ । अझै लडाइँ लड्न जरुरी छ’, उनले भने । सही नेतृत्व छान्नका लागि कार्यकर्तासामु परीक्षाको घडी आइपुगेको उनले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ४ : ०६ बजे

डडेल्धुरा गएनन् सागर, गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट प्रतिस्पर्धा गर्ने

काठमाडौं- २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा

ट्रम्पको ‘शान्ति समिति’ मा पुटिनलाई निमन्त्रणा

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘शान्ति समिति’

रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा

‘अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि’

एजेन्सी – अष्ट्रेलियाका ४८ अर्बपतिहरूको कुल सम्पत्ति देशको ४० प्रतिशत

गगनले बाँडिसके हिमाली र उच्च पहाडी जिल्लाका २० क्षेत्रका लागि कांग्रेसको टिकट

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन