विचौलिया कम गर्न कृषि हाट बजार सञ्चालन « Khabarhub

विचौलिया कम गर्न कृषि हाट बजार सञ्चालन


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ बजारमा कृषि हात तथा थोक बजार सञ्चालन गरिएको छ । कृषि ज्ञानकेन्द्र बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघको समन्वयमा बागलुङ नगरपालिका –३ गुठीमा हाट बजार सञ्चालन गरिएको हो ।

हाट बजार सञ्चालनमा आएपछि कृषीले सिधै उपभोक्तासँग पहुँच पुर्‍याउने छन् । उपभोक्ताले बजार मूल्यभन्दा केही सस्तो दरमा उपभोग्य सामग्री खरिद गर्न पाउनेछन् । विचौलियाको कारण कृषक र उपभोक्ता दुवै मर्कामा पर्दै आएका छन् ।

हाट बजारको सुभारम्भपछि बोल्दै बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले विचौलियाको मारमा परेका कृषक र उपभोक्तालाई हाट बजारले राहत मिल्ने विश्वास व्यक्त गरे ।

हरेक हप्ताको शनिबार कृषि हाट बजार लाग्ने छ । अन्य बारमा थोक तथा खुद्रा व्यापारको लागि सटर भाडामा दिने हाट तथा थोक बजार व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर थापाले बताए । समितिले हरेक दिन फलफूल तथा तरकारीको मूल्य तोक्नेछ ।

हाट बजारको भौतिक संरचना निर्माणको लागि बागलुङ नगरपालिकाले पहिलो चरणमा पाँच लाख, दोस्रो चरणमा तीन लाख र कृषी ज्ञान केन्द्रले साढे छ लाख रुपियाँ विनियोजन गरेको अध्यक्ष थापाले बताए । नगरपालिकाले जग्गाको मासिक १५ हजार रुपियाँ भाडा तिर्दै आएको छ । गत वर्षदेखि सुरु भएको हाट बजारमा कोरोनाको लागि नियमित कारोबार हुन सकेको थिएन ।

दुई हजार वर्गफिटमा १० कक्ष रहने गरी सटर निर्माण गरिएको छ । जग्गा आगामी पाँच वर्षसम्मको लागि भाडामा सम्झौता भएको छ । हाट बजारमा कृषि उपज विक्री गर्ने कृषकले सटर भाडामा लिनुपर्नेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ९ : ३५ बजे

अन्तर–विद्यालय क्विज प्रतियोगिता, माउन्ट सेब प्रथम, लालीगुराँस द्वितीय

काठमाडौं- डाइनामिक एजुकेसन एसोसिएसन (डिन) को आयोजनामा काठमाडौंमा अन्तर–विद्यालय क्विज

जापानी अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरको येन खरिद गर्ने

काठमाडौं– जापानको अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरका येन खरिद

झापामा मानव-हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको ज्यान गयो

भद्रपुर– झापामा मानव-हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ । पछिल्लो

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं– अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चारजना पक्राउ परेका

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट