विचौलिया कम गर्न कृषि हाट बजार सञ्चालन | Khabarhub Khabarhub

विचौलिया कम गर्न कृषि हाट बजार सञ्चालन


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ बजारमा कृषि हात तथा थोक बजार सञ्चालन गरिएको छ । कृषि ज्ञानकेन्द्र बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघको समन्वयमा बागलुङ नगरपालिका –३ गुठीमा हाट बजार सञ्चालन गरिएको हो ।

हाट बजार सञ्चालनमा आएपछि कृषीले सिधै उपभोक्तासँग पहुँच पुर्‍याउने छन् । उपभोक्ताले बजार मूल्यभन्दा केही सस्तो दरमा उपभोग्य सामग्री खरिद गर्न पाउनेछन् । विचौलियाको कारण कृषक र उपभोक्ता दुवै मर्कामा पर्दै आएका छन् ।

हाट बजारको सुभारम्भपछि बोल्दै बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले विचौलियाको मारमा परेका कृषक र उपभोक्तालाई हाट बजारले राहत मिल्ने विश्वास व्यक्त गरे ।

हरेक हप्ताको शनिबार कृषि हाट बजार लाग्ने छ । अन्य बारमा थोक तथा खुद्रा व्यापारको लागि सटर भाडामा दिने हाट तथा थोक बजार व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर थापाले बताए । समितिले हरेक दिन फलफूल तथा तरकारीको मूल्य तोक्नेछ ।

हाट बजारको भौतिक संरचना निर्माणको लागि बागलुङ नगरपालिकाले पहिलो चरणमा पाँच लाख, दोस्रो चरणमा तीन लाख र कृषी ज्ञान केन्द्रले साढे छ लाख रुपियाँ विनियोजन गरेको अध्यक्ष थापाले बताए । नगरपालिकाले जग्गाको मासिक १५ हजार रुपियाँ भाडा तिर्दै आएको छ । गत वर्षदेखि सुरु भएको हाट बजारमा कोरोनाको लागि नियमित कारोबार हुन सकेको थिएन ।

दुई हजार वर्गफिटमा १० कक्ष रहने गरी सटर निर्माण गरिएको छ । जग्गा आगामी पाँच वर्षसम्मको लागि भाडामा सम्झौता भएको छ । हाट बजारमा कृषि उपज विक्री गर्ने कृषकले सटर भाडामा लिनुपर्नेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ९ : ३५ बजे

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भातै पोखिएपछि माडको के माया ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर