दुनैवासीको दुःख : दशैँमा पनि पाएनन् चामल « Khabarhub

दुनैवासीको दुःख : दशैँमा पनि पाएनन् चामल


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– दशैँ मनाउनका लागि २१० क्वीटल चामल प्रतिपरिवार १० केजीका दरले बाँड्दा पनि नपुगेर आइतबारदेखि डोल्पाको दुनैस्थित डिपो बन्द गरिएको छ ।

चामल नभएपछि सदरमुकाम दुनैको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपो बन्द गरिएको कम्पनीका प्रमुख कमलराज पाण्डेले जानकारी दिए । सदरमुकामदेखि बाहिर सबै डिपोहरूमा करिब पाँच महिनादेखि बन्द रहँदै आएका छन् ।

कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको नेपालगन्जबाट आइतबार ३८० क्वीन्टल चामल ढुवानी कार्य सुरु भएको उनले बताए । सो चामल दुनै पुग्न कम्तिमा तीन दिन लाग्ने उनले बताए । सो चामल दुनै पुगेलगत्तै वितरण गर्नका लागि आफूलगाएत मत्ताहातका कर्मचारीहरू दसैंमा घर नगएर कार्यालयमै बसेको उनले जानकारी दिए ।

चालू आर्थिक वर्षको चामल समयमा नआउँदा अघिल्लो वर्षको मौज्दात एक हजार नौ सय क्विन्टल चामल प्रतिव्यक्ति १० केजी दिएर सकिएको छ । अहिलेसम्म एक हजार मानिसले सो १० केजीको दरले चामल लिएको पाण्डेले बताए । नमुना ढुवानी सेवा र एन्जीला ढुवानी सेवाले ३८० क्वीन्टल चामल आइतबार ढुवानी गरेको उनले बताए ।

सयौँ व्यक्ति चामल लिन आए पनि चामल नहुँदा रित्तो हाल फर्किन बाध्य भएको कार्यालय प्रमुख पाण्डेले बताए । आइतबार जुफाल डिपो अघिल्लो वर्ष मौजदात रहेको १५० क्वीन्टल चामल प्रतिव्यक्ति २५ केजीका दरले बाँडिएको छ । अन्य जिल्लाका ६ डिपोमध्ये पाँच डिपोमा चामल छैन ।

दैनिक चामलको लागि डिपोमा गए पनि कर्मचारीको अनुहार हेरेर फर्कनु परेको ठुलिभेरी नगरपालिका रुपगाडकी सुनिता शाहीले बताइन् । ‘बजारमा चामल छोइसक्नु छैन, पैसा तिरेर पनि चमल नपाउनु कस्तो देशका नागरिक भएर बस्नु परेको छ’, उनले भनिन् ।

काइगाउँमा ५० क्वीन्टल चामल आएको र त्यहाँ २५ केजी प्रतिव्यक्तिका दरले अघिल्लो वर्ष जगदुल्ला गाउँपालिकामा काम गरेबापत सो चामल वितरण गर्न लागिएको छ । त्यहाँ ५५० क्वीन्टल काम गरेबापत दिने भनि प्रदेश सरकारले अघिल्लो वर्ष नै रकम भुक्तानी गरेको थियो । सोबापतको अहिले ५० क्वीन्टल मात्र पुगेको छ । गरिब तथा दलित समुदायका लागि मात्र सो चामल उपलब्ध गराउने नीति रहेको थियो । विकास निर्माणको काम गरेबापत चामल उपलब्ध गराउने नीति लिइएको थियो । जुफाल डिपोमा अघिल्लो वर्षको मौजदात २०० क्वीन्टल चामल प्रतिपरिवार २५ केजीका दरले बाँडन लागिएको छ ।

अन्य डिपोमा दशैँको मुख आइपुग्दासम्म जुफाल, सहरतारा, लिकुलगायत पाँचवटै डिपोमा खाद्यान्न अभाव छ । डोल्पालीले पैसा तिरेर पनि चामल पाएका छैनन् । अघिल्लो वर्षको कैदी बन्दीलाई दिने चामल मात्र मौज्दात भएकाले वितरण गर्न नसकिएको व्यापार कम्पनीले जनाएको छ । यो वर्ष डोल्पाका लागि चालु आथिएक वर्षमा २० हजार क्वीन्टल खाद्यान्न स्वीकृत भएको छ । न्युज कारखानाबाट

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ९ : २५ बजे

भोटेकोशी बाढी : राष्ट्रपति पौडेललाई पठाए चिनियाँ राष्ट्रपति सीले पठाए समवेदना सन्देश

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार गएको बाढी-पहिरोबाट भएको

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ

कैलाश तीर्थयात्रामा बाढीको असर

काठमाडौं–  नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश