धर्नामा रहेका वकिल र सुरक्षाकर्मीबीच सर्वोच्च परिसरमा धकेलाधकेल « Khabarhub

धर्नामा रहेका वकिल र सुरक्षाकर्मीबीच सर्वोच्च परिसरमा धकेलाधकेल


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका नेपाल बार एसोसिएसनका वकिल र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका वकिहरुले अदालतभित्रै आन्दोलन गर्न पाउनुपर्ने माग गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सोही क्रममा वकिल र प्रहरीबीच धकेलाधकेल भएको हो ।

विरोध प्रदर्शनमा उत्रिएका वकिलले यसअघि नेपाल बार एसोसिएसनमा सञ्चालन गर्ने कोणसभा आज सर्वोच्च अदालत परिसरमा सञ्चालन गर्ने तयारी गरेका थिए ।

वकिलको कोणसभा सर्वोच्च परिसरमा नगर्न प्रहरीले ध्यानाकर्षण गराएपछि धकेलाधकेल भएको हो । सर्वोच्च परिसरमा ५०/६० को संख्यामा वकिल भेला भएका थिए भने १५ जना सुरक्षाकर्मी परिचालित छन् ।

जबराको राजीनामाको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको बारले बिहान १० बजेदेखि कालोपट्टी बाँधेर धर्ना दिइरहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ११ : ३६ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै