लिग खेल्ने नखेल्ने निर्णय लिएको छैन : किरण चेम्जोङ | Khabarhub Khabarhub

लिग खेल्ने नखेल्ने निर्णय लिएको छैन : किरण चेम्जोङ


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशकै शीर्ष डिभिजनको सहिद स्मारक ए डिभिजन लिग ३ मंसिरमा सुरू हुँदै छ । कुल १४ टोलीको सहभागीता रहने फुटबल लिग नजिकिँदै गर्दा सम्पूर्ण टोलीहरू तयारीमा व्यस्त छन् भने कति क्लबलाई अझै पनि खेलाडी अनुबन्धनमा भ्याइनभ्याइ छ ।

लिगको तालिका सार्वजनिक भइसकेको छ । दशरथ रंगशालामा ‘फ्लड लाइट’मा हुने उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र नव प्रवेशी क्लब सातदोबाटो युथ भिड्नेछन् ।

लिग नजिकिँदै गर्दा राष्ट्रिय टोलीका खेलाडीहरू अन्य क्लबमा अनुबन्धन हुँदा रोहित चन्द भने इन्डोनेसियाको लिग वान अन्तर्गत पर्सिजा जाकर्ताबाट खेल्न व्यस्त छन् ।

नेपाली टोलीका कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) भने क्बलविहीन भएका छन् । पछिल्लो दशक देश बाहिरका विभिन्न लिग खेल्दै आएका कप्तान किरण यस पटक भने बाहिरी क्लबसँग पनि अनुबन्धन भएका छैनन् ।

पछिल्लो समय भारतको आईलिग क्लब पञ्जाब एफसीसँग सम्झौता सकिएपछि किरण ‘ट्रान्सफर मार्केट’को बिक्रीमा छन् ।

किरणले सन् २०१५ यता शीर्ष डिभिजन लिग खेलेका छैनन् । पछिल्लो समय भने उनले पहिलो फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) मा उपविजेता टोली धनगढी एफसीबाट खेलेका थिए ।

मछिन्द्र फुटबल क्लब हुँदै ए डिभिजन यात्रा सुरू गरेका किरण थ्री स्टारबाट लामो समय लिग खेले । त्यसयता भने उनले कुनै क्लबबाट पनि लिग खेलेका छैनन् ।

२८ वर्षपछि नेपाललाई पहिलो पटक क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनपसिपमा फाइनलमा पुर्‍याएका कप्तान किरण ३ मंसिरबाट सुरू हुने लिगमा कुन क्लबमा आवद्ध हुँदै छन् ? लिग खेल्ने या नखेल्ने के योजना बनाएका छन् ? ‘ट्रान्सपर मार्केट’ मा मूल्यवृद्धिका कारण अन्य क्लबले वास्ता नगर्नुलगायत समसामयिक विषयमा नेपाली टोलीका कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) सँग गरेको कुराकानी :

३ मंसिरबाट देशकै शीर्ष डिभिजनको लिग हुँदै छ । तपाईं राष्ट्रिय टोलीको कप्तान, कुन क्लबबाट खेल्ने योजना बनाउनु भएको छ ? कुनै क्लबसँग अनुबन्धन हुनुभयो ?

त्यस्तो अहिले केही भएको छैन । त्यसबारेमा केही सोचेकै छैन ।

त्यसो भए कप्तान किरणले लिग खेल्न मन नगरेको कि बाहिरी लिग खेल्ने तयारीमा हो ?

अहिले बाहिर पनि केही कुरा भएको छैन । अहिले त्यतिकै बसिरहेको छु । के हुन्छ भनेर कुरिरहेको छु । यस पटक नेपालको लिग हेर्छु, बस्छु ।

बाहिरको लागि पनि केही ‘प्रोसेस’ गर्नु भएको छ कि ?

मैले ‘प्रोसेस’ चालेर त हुने हैन, ‘अफर’ आउनुपर्छ । त्यो आएको छैन । यो भनेको कतै काम गर्न जाँदा भिषा हानेको जस्तो काम हैन । कहीँबाट ‘अफर’ आयो भने गर्ने हो । त्यो आएको छैन । अब, हेरौं चुपो लागेर हेरेर बसिरहेको छु । मैले अहिलेसम्म नेपालको लिग खेल्ने निर्णय पनि लिएको छैन । ‘अफर’हरू पनि आएका छैनन् । त्यस्तो केही कुरानै भएको छैन ।

पछिल्लो समय तपाईंले भारतीय आईलिग अन्तर्गत पञ्जाव एफसी, त्यसअघि माल्दिभ्सको लिगमा टिसी स्पोर्टस्‌मा रहेर खेल्नुभयो । यो पटक क्लबले ‘प्रि–सिजन’ खेलिरहेको छ । त्यसमा अनुबन्धन हुने सम्भावना छ ?

त्यता पनि अहिले केही छैन । इण्डियाका प्रायः सबै क्लबले विदेशी खेलाडी अनुबन्धन गरिसके । तर, एसियन कोटामा भने कतिले अनुबन्धन गरेका छैनन् । प्रिसिजन चलिरहेको छ । म नि यता अभ्यास गर्दै बसिरहेको छु । कुनै क्लबसँग कुरा भएको छैन ।

अघि नेपाली क्लबहरूबाट पनि ‘अफर’ आएको छैन भन्नुभयो । हाम्रो कप्तानको ‘ट्रान्सफर मार्केट’ मा मूल्यवृद्धि बढी नै भएर क्लबहरूले कतै अफर गर्न नसकेका हुन् कि ?

मलाई यो थाहा भएन । उहाँहरूले पनि सोच्नु भयो होला, बाहिरै खेल्न जान्छ भनेर । ‘ट्रान्सफर मार्केट’ पनि होला । तर, त्यो आफ्नो ठाउँमा छ । त्यो विषयमा मलाई थाहा भएन । म त पर्खाइमै छु । तर केही निर्णय लिएको छैन । साफ च्याम्पियनसिप पनि फाइनलमा हार्‍यौँ । त्यो आफ्नो ठाउँमा छ । म अहिले ‘फ्रेस’ पनि हुँदै छु । आफ्नो सेल्फ ट्रेनिङ गरिरहेको छु ।

कुनै क्लबले तपाईंलाई सम्झौता गर्न चाह्यो भने के गर्नुहुन्छ ? कि अघि भनेझैँ यो पटक खेल हेरेर नै बिताउनुहुन्छ ?

अहिलेसम्म यो विषयमा कुनै निर्णय लिएको नै छैन । मात्र अहिले ‘रिफ्रेस’ लिरहेको छु । सेल्फ अभ्यास गरिरहेको छु । फिट भएर बसिरहेको छु । अहिलेसम्म खेल्ने नखेल्ने निर्णय लिएको छैन ।

हामी २८ वर्षपछि साफको फाइनल खेल्यौं । त्यो बेला कप्तान तपाई‌ँ । कतै त्यो बेलाको दबाबका कारण पनि बढी ‘रेष्ट’ लिएको हो कि ?

त्यो हैन । यो फुटबल प्लेयर भएपछि तलमाथि त भई नै रहन्छ । मैले यत्रो वर्ष खेलिसकेँ । त्यो आफ्नो ठाउँमा छ । हारेर, धेरै खेलेर ‘रेष्ट’ लिएको भने हैन । म आफैँ पूर्ण रूपमा फिट भएर बसिरहेको छु । लिग खेलौँ भनेर निर्णय नलिएको हो । मेरो जापान जाने चहाना थियो । तर, कोरोना कारण त्यहाँ जान पाइन् । बसिरहेको छु । फाइनल हारेर रेष्ट लिएको भने हैन । त्यो एउटा ‘टास्क’ थियो । अहिले त्यो सकिसक्यो । अब नयाँ योजनासहित अगाडि बढ्नुपर्छ । म अहिले परिवारसँग रमाइ पनि रहेको छु । भोलि बाहिर गए भने धेरै समय त्यतै हुन्छु । त्यसैले नि घरपरिवारलाई समय दिएको छु ।

थ्री स्टारबाट लिग खेल्दाखेल्दै बाहिर जानुभयो । निकैपछि आएर नेपाल सुपर लिग (एनएसएल) खेल्नुभयो । तपाईंले २०१५ बाट लिग खेल्नु भएको छैन । घरेलु मैदानमा दर्शकलाई खेल देखाउन मन छैन ?

साँच्चै नै मन छ । तर, अहिले सकेसम्म म बाहिर नै खेल्छु भन्ने मेरो इच्छा हो । अझै २–३ वर्ष बाहिर खेल्ने मन, लक्ष्य छ । अहिले राम्रो अवसर आए पनि बाहिर नै ‘फोकस’ गर्छु भन्ने मेरो लक्ष्य छ । यो भनेको नेपाली फुटबललाई अझ अर्को स्तरमा लैजानु हो । बाहिर गएर खेल्नु भनेको युवा पुस्ताका लागि समेत एउटा माध्यम हो । म जाँदा भावी पुस्तालाई बाहिर खेल्न सहज होस् भन्ने मेरो लक्ष्य हो । न्यूज कारखाना

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ४ : ३८ बजे

‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य

गृहमन्त्रीको निर्देशन– प्राकृतिक प्रकोपका घटनामा केन्द्रको निर्देशक कुरेर नबस्नू

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको

रेमिट्यान्सलाई उत्पादनमुखी बनाऔँ : राजेन्द्र मल्ल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले