स्विट्जरल्यान्डले दियो १ लाख ४४ डोज कोरोनाविरुद्धको खोप « Khabarhub

स्विट्जरल्यान्डले दियो १ लाख ४४ डोज कोरोनाविरुद्धको खोप


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — स्विट्जरल्यान्डले नेपाललाई कोरोनाविरुद्धको १ लाख ४४ हजार डोज खोप सहयोग गरेको छ । स्विट्जरल्यान्डले कोभ्याक्स सुविधाअनुसार सो खोप नेपाललाई प्रदान गरेको हो।

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि स्विस राजदूत एलिजाबेथ भोन कपेलेरले स्वास्थ्य सचिव डा रोशन पोखरेललाई खोप हस्तान्तरण गरिन् ।

राजदूत एलिजाबेथ भोन कपेलेरले खोप सहयोग स्विट्जल्यान्डसँग ६२ वर्षको मित्रता र नेपालप्रति ऐक्यबद्धतालाई दर्शाएको बताइन् ।

कोरोना महामारी सुरु भएयता स्विट्जरल्यान्डले नेपाललाई पीसीआर परीक्षण किट्स, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, औषधि तथा उपकरण उपलब्ध गराएको थियो । स्विस दूतावासले हालसम्म २ करोड अमेरिकी डलर बराबरको सहयोग गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ८ : ०० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन