परराष्ट्रमन्त्री खड्का–सार्क महासचिव भेट, सार्कलाई सक्रिय बनाउनेबारे छलफल « Khabarhub

परराष्ट्रमन्त्री खड्का–सार्क महासचिव भेट, सार्कलाई सक्रिय बनाउनेबारे छलफल


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री डा नारायण खड्कासँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव एसाला रुवान वीराकुनले शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरूबीच सार्कको वर्तमान स्थितिबारे छलफल भएको । रोकिएको क्षेत्रीय प्रक्रियालाई पुनःसञ्चालन गर्नेलगायत क्षेत्रीय सहयोगका विविध आयाम र आवश्यकताबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारत र पाकिस्तानबीच तनावका कारण पाकिस्तानमा हुनुपर्ने सार्क शिखर सम्मेलन लामो समयदेखि रोकिएको छ । २०१४ मा नेपालमा शिखर सम्मेलन भएयता शिखर सम्मेलन हुन सकेको छैन। पछिल्लो पटक अफगानिस्तान संकटका कारण सार्क झन संकटमा छ । खासगरी भारतले सार्कलाई महत्व दिन छाडेकाले यो क्षेत्रीय संगठनको भविष्य नै अन्योलमा छ । नेपाल हाल सार्कको अध्यक्ष राष्ट्र हो ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ९ : ४६ बजे

बागलुङमा भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु

बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने