स्वीस प्रतिनिधिमण्डल र कांग्रेस उपसभापति निधिबीच भेट « Khabarhub

स्वीस प्रतिनिधिमण्डल र कांग्रेस उपसभापति निधिबीच भेट


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्विट्जरल्याण्ड सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच बिहीबार भेट भएको छ।

निधि निवास बानेश्वरमा भएको भेटमा स्वीस प्रतिनिधिमण्डलले नेपालको परिवर्तित राजनीतिक सन्दर्भ, नयाँ संविधान र संघीयताको कार्यान्वयन तथा संक्रमणकालीन न्याय र विकास निर्माणको क्षेत्रमा स्वीस सरकारले गरेको सहयोगका चासो राखेको जनाइएको छ ।

नेपालको विकासमा स्वीस सरकारको सहयोगको निधिले प्रशंसा गरेका थिए। सहयोगका लागि धन्यवाद दिदै उनले अन्य विकासमा पनि सहयोग बिस्तार गर्न आग्रह गरेका थिए। साथै, निधिले नेपालमा कृषि, जलविद्युतको क्षेत्रमा लगानी गर्नका लागि लगानीकर्ता पठाउन पनि आग्रह गरेका थिए।

जवाफमा नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरले त्यसका लागि आफूहरु तयार रहेको भन्दै नेपालको झण्झटिलो सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएकी थिइन्।

प्रतिनिधिमण्डलमा राजदूत क्यापिलरसहित मेरी हब्ली, गर्ट इञ्जल्समन, क्रिस्टोफ गार्फ र जोसे लुइस पेरेरा ओसियो सहभागी थिए।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  १० : ४३ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी