नेपालबाट युएई जानेलाई नेपाली भाषामै प्रशिक्षण दिन राजदूत ढकालको सुझाव « Khabarhub

नेपालबाट युएई जानेलाई नेपाली भाषामै प्रशिक्षण दिन राजदूत ढकालको सुझाव



दोहा – नेपालबाट युनाइटेड अरब इमिरेट्स (युएई) आउने नेपालीलाई नेपाली भाषामै प्रशिक्षण दिन कम्पनीहरूलाई यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको सुझाव दिएका छन् ।

बैदेशिक रोजगारीको सिलसिलामा त्यहाँ कार्यरत रहेका नेपाली नागरिकको हकहित सुनिश्चित गर्ने एवम् सुरक्षित कार्य वातावरण निर्माण गर्ने सम्बन्धमा युएईका सम्बन्धित कम्पनीका प्रतिनिधिहरूसँग अबुधाबीस्थित नेपाली दूतावासले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रम राजदूत ढकालले यस्तो सुझाव दिएका हुन् ।

युएईमा रोजगारीमा आउने नेपाली नागरिकको हकहितको सुरक्षा एवम् प्रवर्द्धन गर्न नेपाली दूतावास सदैव सक्रिय रहेको उल्लेख गर्दै रोजगारदाता कम्पनी र दूतावासबिच नियमित छलफल तथा समन्वय हुन् उपयुक्त हुने उनले बताए ।

उनले नेपालबाट आउने नागरिकलाई नेपाली भाषामै प्रशिक्षण दिनसमेत कम्पनीहरूलाई सुझावसमेत दिएका छन् ।

कार्यक्रममा सहभागी प्रतिनिधिहरूले नेपालबाट वैदेशिक रोजगारीमा आउँदा कम्पनीले बेहोर्ने खर्चका अतिरिक्त ठुलो रकम तिरेर नेपालीहरू आएको भेटिएको बताउँदै यस्तो अनावश्यक आर्थिक व्ययभार रोक्न पहल गर्नुपर्ने सुझाव दिएका थिए।

नेपाली कामदारहरू लगनशील, इमानदार र परिश्रमी रहेको उल्लेख गर्दै यस्ता कामदारलाई प्रस्थानअघि आवश्यक तालिम प्रदान गरिनुपर्नेमा जोड दिएका थिए।

सहभागीहरूले समयमा तलब पाउने, तोकिएको बिदा दिनेलगायत सम्झौता पत्रमा उल्लेख गरिए अनुरूपका सेवा-सुविधा उपभोग गर्ने विषयमा सबैले जोड दिनुपर्ने बताएका थिए। साथै, दूतावासबाट गरिने माग प्रमाणीकरण तथा भिसा प्रमाणीकरणको कार्य अनलाइन प्रणालीमार्फत गर्नुपर्ने उनीहरूको सुझाव थियो।

उक्त कार्यक्रममा मिनिस्टर काउन्सेलर विशाल भट्टराईले सुरक्षित वैदेशिक रोजगारको लागि नेपाल सरकारले गरेका प्रयासहरूको बारेमा जानकारी गराउँदै युएई आउने नेपाली नागरिकको सुरक्षा तथा सेवा सुविधाका विषयमा दूतावास क्रियाशील रहेको बताए ।

श्रम काउन्सेलर निर्मला थापाले कामदारको भर्ना प्रक्रिया, नेपाली नागरिकले कम्पनीबाट पाउने सेवा सुविधा, काम गर्दा आइपर्ने कठिनाइलगायत नेपाली दूतावासबाट सम्पादन गरिने कामका विषयमा द्विपक्षीय साझेदारी आवश्यक रहेकोले यस अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको बताउँदै आगामी दिनमा यस्तै प्रकृतिका कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।

उक्त कार्यक्रममा युएईस्थित विभिन्न रोजगारदाता कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ९ : ०० बजे

अक्षय कुमारको सुरक्षा गाडी दुर्घटनामा 

काठमाडौं– बलिउडका सुपरस्टार अक्षय कुमारको कार दुर्घटनाले सामाजिक सञ्जालमा तनावमा

राजेन्द्र महतोले दर्ता गराए उम्मेदवारी

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र माहतोले उम्मेदवारी दर्ता

टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई

काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन