देउवालाई सिटौलापछि श्रेष्ठको साथ, पौडेल इतरको साझा उम्मेदवार होलान् ? « Khabarhub

देउवालाई सिटौलापछि श्रेष्ठको साथ, पौडेल इतरको साझा उम्मेदवार होलान् ?


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार बन्न नसकिरहेका बेला सभापति शेरबहादुर देउवालाई एक पछि अर्कोसाथ थपिँदै गएको छ ।

नेता कृष्णप्रसाद सिटौलाको साथ पाएका देउवालाई सभापतिका अर्का आकांक्षी गोपालमान श्रेष्ठले पनि साथ दिने बताएका छन् । देउवा समूहमा रहेका उपसभापति विमलेन्द्र निधी सभापतिमा अघि सर्दा श्रेष्ठले पनि सभापतिमा दाबेदारी प्रस्तुत गरेका थिए । तर, निधी देउवा समूहमा नरहेर छुट्टै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । दिउँसो तीन बजे आफूले उम्मेदवारी दर्ता गर्ने निधीले जानकारी दिएका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संस्थापन इतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बन्ने सम्भावना अहिलेसम्म पनि देखिएको छैन । १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका पौडेल १४औँ महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार भएर हारको बदला लिने रणनीतिमा थिए । तर सभापतिमा सहमति नजुटे पौडेल यो दौडबाट बाहिरिने मनस्थितीमा रहेको बताइएको छ ।

तर, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले सभापतिमा दाबी नछाडेपछि पौडेल तनाबमा छन् । यद्यपि अन्तिम प्रयास स्वरुप अहिले पनि वार्ता जारी छ ।

शुक्रबारबाट सुरु भएको कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मनोनयन दर्ताको कार्यतालिका छ । निर्वाचन सोमबार हुनेछ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १० : ११ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय