कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयन दर्ता सुरु  « Khabarhub

कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयन दर्ता सुरु 


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।

आज बिहान १०  बजे उम्मेदवारी मनोनयन दर्ता सुरु भएको हो । साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

साँझ ७ बजेसम्म मनोनयन दर्ता उपर दाबी गर्न सकिने निर्वाचन समितिले जनाएको छ। आजै बेलुका ७ बजेदेखि ९ बजेसम्म दाबी विरोध उपर निर्णय हुने निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ । आजै उम्मेदवारको पहिलो नामावली पनि प्रकाशन हुने जनाइएको छ ।

भोलि बिहान ११ बजेसम्ममा उम्मेदवारले मनोनयन फिर्ता लिसक्नुपर्ने छ । दिउँसो १२ : १५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र पर्सि बिहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनका लागि भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र महेन्द्र पुलिस क्लब गरी तीन ठाउँमा मतदान केन्द्र तोकेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १० : २० बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय