कांग्रेस महाधिवेशन : सभापतिमा प्रकाशमान सिंहको उम्मेदवारी, उपसभापतिमा सुजाता (भिडियोसहित) « Khabarhub

कांग्रेस महाधिवेशन : सभापतिमा प्रकाशमान सिंहको उम्मेदवारी, उपसभापतिमा सुजाता (भिडियोसहित)


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेता प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौँमा एक समारोहबीच उनले उपसभापति सुजाता कोइरालासहितको प्यानल नै घोषणा गरेका हुन् ।

सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले अवधारणापत्र पनि सार्वजनिक गरेका छन् ।

उम्मेदवारी घोषणा समारोहमा सिंहले १३औं महाधिवेशनबाट निर्वचित भएर आएका सभापति शेरबहादुर देउवाले विधान अनुसार काम नगरेको बताए ।

विधानअनुसार नचल्दा पार्टीको छबि बिग्रिएको बताउँदै सिंहले भने, ‘महाधिबेशन ४ वर्षमा हुनुपर्ने विधान उल्लेख भएपनि त्यसलाई  पालन गरिएन । पार्टीले जुन गति लिनु पर्ने हो त्यो लिन नसकेकाले मेरो उम्मेदवारी हो ।’

नेपालमा संकट पर्दा नेपाली का|ग्रेसले नै प्रमूख भूमिका खेल्दै आएको  स्मरण गर्दै सिंहले भने,’तर अहिले त कांग्रेस नै थला परेको छ ।’ पार्टीको दुर्गतीको कारक देउवा नै भएको बताएका सिंहले चुनावमा टिकट दिने बेलामा भएको विभेदले नै पार्टीलाई सिध्याएको तर्क गरे ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १ : ४७ बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा