एमाले केन्द्रीय कमिटी बैठक सुरु « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक सुरु


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज भक्तपुरको गट्ठाघरमा सुरु भएको छ ।

एमालेको दसौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज दिउँसो करिब १:२० सुरु भएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए । बैठकमा शपथ ग्रहण बाँकी भएका केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको उनले बताए ।

बैठकमा १५ एजेन्डामाथि छलफल हुने बताइएको छ । कार्यसूचीअनुसार क्रमसँगै छलफल र निर्णय गर्दै जाने तय भएको जनाइएको छ ।

आज र आइतबारका लागि तय गरिएको बैठकमा केन्द्रीय सदस्यहरुको शपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनयन, पोलिटब्यूरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियता क्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियान पनि बैठकका एजेन्डामा रहेका छन् ।

बैठकअघि अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बसेको थियो । सचिवालय बैठकले केन्द्रीय कमिटीमा लैजाने एजेन्डाका बारेमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  २ : ३० बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार