मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते « Khabarhub

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- मोटरसाइकल दुर्घटना आज भक्तपुरमा एक जनाको मृत्यु भएको छ भने एक गभ्भीर घाइते भएका छन् ।

सूर्यविनायक नगरपालिका–७ गुण्डु रातोपाटी नजिक सूर्यविनायकबाट गुण्डुतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०३३ प ७१७३ नं को मोटरसाइकल आज आफैँ अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार स्थानीयवासी ३२ वर्षीय रवीन्द्र थापाको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

उनका अनुसार शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा पठाइएको छ । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक गुण्डुकै ३७ वर्षीय सुरेन्द्र बस्नेतको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  २ : ५९ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय