कोइराला परिवारका शशांक, शेखर र सुजाता तीनतिर « Khabarhub

कोइराला परिवारका शशांक, शेखर र सुजाता तीनतिर


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनसम्म आइपुग्दा कोइराला परिवार तीन चिरा भएको छ ।

नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गराउने क्रममा कोइराला परिवारका डा.शेखर कोइराला, डा.शशांक कोइराला र सुजाता कोइराला फरक फरक समूहतिर देखिएका छन् ।

अहिलेसम्म पौडेल समूहमा रहेका तीनैजना अलग अलग प्यानलबाट चुनाव लड्ने स्थिति देखिएको छ । सुजाता कोइराला प्रकाशमान सिंह प्यानलको उपसभापतिमा उठ्ने भएकी छन् ।

शेखर कोइराला आफैं सभापतिमा उठ्ने भएका छन् । उनी यतिबेला आफ्नो नेतृत्वको प्यानल बनाउने अन्तिम चरणमा छन् ।

महामन्त्री डा.शशांक कोइराला अहिलेसम्म कतै खुलेका छैनन् । उनी उपसभापति या महामन्त्रीकै उम्मेदवार बन्ने भन्ने पनि सुनिश्चित भइसकेको छैन ।

शशांक शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा देउवाले कोइरालाई आफ्नो उपसभापति बस्न आग्रह गरेको खबरले महाधिवेशनस्थलमा अहिले शशांक संस्थापन पक्षमा खुलेको भन्दै सनसनी मच्चिएको छ ।

यद्यपि शशांकले अहिलेसम्म केही सार्वजनिक गरेका छैनन् । केही अघिसम्म शशांक पनि सभापतिको दौडमा थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ३ : ०६ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय