कोइराला परिवारका शशांक, शेखर र सुजाता तीनतिर « Khabarhub

कोइराला परिवारका शशांक, शेखर र सुजाता तीनतिर


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनसम्म आइपुग्दा कोइराला परिवार तीन चिरा भएको छ ।

नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गराउने क्रममा कोइराला परिवारका डा.शेखर कोइराला, डा.शशांक कोइराला र सुजाता कोइराला फरक फरक समूहतिर देखिएका छन् ।

अहिलेसम्म पौडेल समूहमा रहेका तीनैजना अलग अलग प्यानलबाट चुनाव लड्ने स्थिति देखिएको छ । सुजाता कोइराला प्रकाशमान सिंह प्यानलको उपसभापतिमा उठ्ने भएकी छन् ।

शेखर कोइराला आफैं सभापतिमा उठ्ने भएका छन् । उनी यतिबेला आफ्नो नेतृत्वको प्यानल बनाउने अन्तिम चरणमा छन् ।

महामन्त्री डा.शशांक कोइराला अहिलेसम्म कतै खुलेका छैनन् । उनी उपसभापति या महामन्त्रीकै उम्मेदवार बन्ने भन्ने पनि सुनिश्चित भइसकेको छैन ।

शशांक शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा देउवाले कोइरालाई आफ्नो उपसभापति बस्न आग्रह गरेको खबरले महाधिवेशनस्थलमा अहिले शशांक संस्थापन पक्षमा खुलेको भन्दै सनसनी मच्चिएको छ ।

यद्यपि शशांकले अहिलेसम्म केही सार्वजनिक गरेका छैनन् । केही अघिसम्म शशांक पनि सभापतिको दौडमा थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ३ : ०६ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते