वर्षको अन्तिम सेल अभियान दराज १२.१२ घोषणा (यस्ता छन् अफर)  | Khabarhub Khabarhub

वर्षको अन्तिम सेल अभियान दराज १२.१२ घोषणा (यस्ता छन् अफर) 


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यस वर्षको ११.११ अभियानको सफलतापछि नेपालको अग्रणी अनलाइन बजार, दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ।

उक्त अभियान २४ मंसिर (११ डिसेम्बर) देखि सुरु भएको छ । १२.१२ मा दराज उपभोक्ताहरूले विशेष छुट ( ४००० रुपैयाँको मेघा भाउचर, बैंक कार्ड मार्फत १०% (अधिकतम २००० रुपैयाँसम्मको ) लाभ उठाउन सक्नेछन् ।

यस अभियानमा सनराइज बैंक, एनएमबी बैंक, बैंक अफ काठमाडौँ, सिटिजन्स बैंक र एभरेष्ट बैंकका कार्ड धारकहरूले क्रेडिट कार्डमार्फत १०% (अधिकतम रु. २०००) र डेबिट कार्ड मार्फत १०% (अधिकतम रु. १,०००) प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, ग्राहकहरूले अभियान अवधिभर आफ्नो ई सेवा र आईएमई–पे वालेटमार्फत भुक्तानी गर्दा सीमित समयभित्र १०% (अधिकतम रु ५००) सम्मको विशेष छुट पनि प्राप्त गर्न सक्नेछन्।

यस वर्षको १२.१२ मा फिलिप्स, सामसुङ्ग, लेनोभो, एर्क, लोट्टो, सीजी डिजिटल साथै अन्य धेरैका उत्पादनहरूमा ६०% सम्मको छुट रहेको कम्पनीले जनाएको छ। यसबाहेक ग्राहकहरूले फ्याशन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरू जस्ता विभिन्न वर्गहरूमा फैलिएका १३ लाखभन्दा बढी उत्पादनहरूमा पनि विशेष डिल र अफरहरू पनि प्राप्त गर्न सक्नेछन्।

कम्पनीको अनुसार दराज १२.१२ एक बिक्री–सञ्चालित अभियान मात्र नभई देशभरका आफ्ना सारा ग्राहकहरूलाई वर्षभरिको अपार विश्वास र वफादारीका लागि धन्यवाद व्यक्त गर्ने एउटा माध्यम हो।

‘११.११ दराज र यसका सबै साझेदारहरूको लागि एक रेकर्ड-ब्रेकिङ अभियान थियो। हामी यस्तो कीर्तिमान हासिल गर्न पाउँदा हामी धेरै खुसी छौँ। यो सफलता देशभरका हाम्रा सबै ग्राहकहरूको माया र समर्थन बिना सम्भव हुने थिएन। हामी अब एउटा अन्तिम अभियान-१२.१२ को साथ २०२१ समेट्न चाहन्छौँ। हामी हाम्रा ग्राहकहरूलाई फेरि थप अफरहरू प्रदान गर्न पाउँदा धेरै खुसी छौँ। साँच्चै नै यो धेरै रोमाञ्चक छ।’ दराज नेपालका एमडी लिनो अलरिङ्गले भनेका छन् ।

के-के छन् अफरहरू ?

एक खेल एक रुपैयाँ अन्तर्गत ग्राहकहरूले केवल एक रुपैयाँमा श्री बालाजीको हिराको टप, एन्या गितार, रियलमि नार्जो, हाई ग्राउण्ड एडभेन्चर जिपलाइन र बन्जी, वर्ल्ड लिङ्क ३०० एमबिपीएसको १२ महिना टिभी र इन्टरनेट जस्ता पुरस्कारहरू जित्ने मौका पाउनेछन् ।
सहभागी हुनको लागि ग्राहकहरूले डेबिट-क्रेडिट कार्ड वा आईएमई–पे मार्फत एक रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्छ। यदि ग्राहकले नजितेमा सो रकम फिर्ता गरिनेछ।

त्यस्तै, नयाँ दराज प्रयोगकर्ताहरूले १२.१२ मा किनमेल गरे बापत रियलमी ८ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन्। केवल दराजमा साइन अप गरी दराजमा आफ्नो पहिलो अर्डर राखे बापत प्रयोगकर्ताहरू स्मार्टफोन जित्नको लागि योग्य हुनेछन्। यति मात्र नभई, १२.१२ मा किनमेल गर्ने ग्राहकहरूले मेघा–गिभवे अन्तर्गत बाल्ट्राको फ्रन्ट लोडिङ १० केजी वाशिङ मेसिन जित्ने मौका पाउनेछन्।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ११ : ०० बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई